मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अहिलेको गठबन्धन प्रदेश र प्रतिनिधि सभा चुनावसम्म जान्छ : रामचन्द्र पौडेल

अहिलेको गठबन्धन प्रदेश र प्रतिनिधि सभा चुनावसम्म जान्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सत्ता गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन्। तनहुँको व्यास नगरपालिकाको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९
National life
Shivam cement

तनहुँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सत्ता गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन्। तनहुँको व्यास नगरपालिकाको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्। 

राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर ५ दलका बीचमा गठबन्धन भएको दोहोर्‍याए।  व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए।

पौडेलले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचारमुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले सहयोग गरेको स्पष्ट पारे। उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए।

प्रकाशित: May 23, 2022| 16:14 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...