मंगलबार, असार ९, २०८३

२४ पालिकाको नतिजा आउन बाँकी, ७२७ वटामा कसले कति जिते?

गएको वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। सोमबार बिहान १० बजेसम्ममा ७२७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– गएको वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। सोमबार बिहान १० बजेसम्ममा ७२७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।

National life

अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकामा जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ भने नेकपा माओवादी केन्द्र तेस्रोमा।

कांग्रेसले हालसम्म १३२ नगरपालिका प्रमुख र १८८ गाउँपालिका अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै १०४ पालिकामा उपप्रमुख र १८९ गाउँपालिका उपाध्यक्षसहित २९३ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ। 

नेकपा एमालेले हालसम्म १९८ वटा पालिकाको प्रमुख जितेको छ भने २२६ वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १२८ वटा पालिकाको उपप्रमुख पद जितेको छ। 

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ।

Shivam cement

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिका प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ। ्

जेलमा रहेका रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ। 

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयरसहित सबै पदमा जित हासिल गरेको छ। विवेकशील साझा पार्टीले पनि एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।

दुई उपमहानगरपालिकासहित १२ जना स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख जित्न सफल भएका छन्। धनगढी र धरान उपमहानगरको प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका हुन्। ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।

अब २४ पालिकाको नतिजा आउन बाँकी छ। हाल गणना भइरहेका पालिकामा नेकपा एमालेले ६ वटामा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २–२ ठाउँमा अग्रता लिएका छन्।

प्रकाशित: May 23, 2022| 11:01 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...