बिहीबार, साउन २८, २०८३

शंखरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ। कार्यपालिका निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ। कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाताको नामावली प्रकाशन गरिएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिए। 

नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि आजको मिति तय गरिएको थियो। यसमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ।

 जेठ १२ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको उहाँले सुनाउनुभयो। कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। महिलाबाट पाँच जना र दलित तथा अल्पसङ्ख्यकबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ। यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने जनाइएको छ।

महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिन पाइन्छ। दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने कार्यपालिका सदस्यका लागि भने नगरवासीले पनि उम्मेदवारी दिन पाउने जनाइएको छ।

प्रकाशित: May 22, 2022| 22:15 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...