सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित गफार अंसारी मियाले ६ हजार १ सय ७२ मत ल्याई विजयी भएका हुन्।
उनले निकटतम प्रतिस्पर्धी एमालेका लस्करी अंसारीलाई १ हजार १८ मतान्तरले पराजित गरेका हुन्। पराजित लस्करी अंसारीले ५ हजार १ सय ५४ मत ल्याए।
उपाध्यक्षमा नेपाली कांग्रेसकी रिमझिमकुमारी भगत ६ हजार २ सय १३ मतसहित विजयी भइन्। एमालेकी कोशीलाकुमारी साहुले ५ हजार ४ सय ७ मत ल्याएकी थिइन्।