बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भरतपुर–१९ मा एमाले उम्मेदवार निर्वाचित, जहाँ ०७४ सालमा मतपत्र च्यातिएको थियो

भरतपुर–१९ मा एमाले उम्मेदवार निर्वाचित, जहाँ ०७४ सालमा मतपत्र च्यातिएको थियो

भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

भरतपुर– भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै एमालेका तामाङ निर्वाचित  भएका हुन्। 

National life

२०७४ को स्थानीय चुनावमा मतपत्र च्यात्तिएको यस वडामा मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा वडाध्यक्षमा भने गठबन्धनका उम्मेदवार भने हारेका हुन्। यो वडा कांग्रेसको पकड क्षेत्र भनिए पनि एमाले उम्मेदवार निर्वाचित भएका हुन्। वडामा ३ हजार ४ सय ८८ मत खसेको थियो ।

अघिल्लो चुनावमा यस वडाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः चुनाव हुँदा कांग्रेसका कर्णबहादुर गुरुङ १ हजार ४ सय ७८ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला एमालेका प्रकाश तामाङले १ हजार ९७ मत ल्याएर हारेका थिए। 

अघिल्लो निर्वाचनमा मतगणना हुँदै गर्दा नेकपा माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए।

प्रकाशित: May 22, 2022| 14:19 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...