बिहीबार, साउन २८, २०८३

भरतपुरमा ८ हजारभन्दा बढी मतले अघि लागिन् रेनु

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

अहिलेसम्म ९४ हजार २३२ मतगणना भएकोमा रेनुले ३७ हजार २७ मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८ हजार ९६८ मत ल्याएका छन्।

दाहाल र सुवेदीबीचको मतान्तर ८ हजार ५९ छ। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९ हजार १२९ मत ल्याएका छन्। एमाले–राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२ हजार ९११ मत ल्याएकी छन्। 

प्रकाशित: May 22, 2022| 14:05 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...