काठमाडौं- अग्ला, खिरिलो ज्यान भएका, फेसनमा रुची राख्ने, हेर्दा कुनै फिल्मको हिरोझैँ लाग्छन् धीरज बस्नेत। ६ फुट एक इन्चका धीरज १९ वर्षका भए। तर, झट्ट हेर्दा उनी १९ वर्षको झै लाग्दैनन्।
हेर्दा मोडल जस्ता देखिने उनी सोखिन पनि उत्तिकै छन्। युवाहरूको रोजाइको बाइक क्रस एक्समा काठमाडौं घुमिरहने उनी नेपाली भलिबलका उदयीमान खेलाडी हुन्। जिउडाल मिलेका उनलाई समर्थकहरूले तपाई त मोडल बन्नु भनि जिस्काउने गर्दछन्। उनलाई त पुलिस क्लबमा रसियन खेलाडी भनेर जिस्काउने गर्थे।
१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ। कहिल्यै हार्नु हुँदैन भनेर सक्रिय रहेका धीरज राष्ट्रिय टिमबाट खेल्ने दिन पर्खिरहेका छन्। पारिवारिक साथ र सहयोगले उनको हिम्मतलाई थप चुल्याउने गरेको छ।
उनले भलिबल खेल्न थालेको पनि धेरै भएको छैन। उनी आफ्नो सुरुआतका दिन सम्झदै भन्छन्, 'पहिलो पटक भलिबल खेल्दा गाँउमा टोलका साथि र दाइसँग खेलेको थिए। त्यो क्रम लामै समयसम्म चल्यो,' उनी भन्छन्।
एकदिन बेलुकी विद्यालयबाट हिँड्दै घर फर्किदै थिए धीरज। उनले गाउँकै दाइहरूलाई भलिबल खेल्दै गरेको देखे। उनी त्यहीबाट घर फर्किंदै थिए। र, उनलाई भलिबल खेल्दै गरेका एक जनाले भाइ तिमी कुन खेल मन पराउँछौं भने। उनको उचाइले उनीहरूलाई आकर्षित गरेको थियो। त्यतिबेलासम्म उनलाई भलिबलप्रति रुची थिएन। र, त्यसबारेमा ज्ञान पनि थिएन।
गणडकीसँगको खेलमा मौका पाएका थिए। सानदार प्रदर्शन पनि गरे। त्यसै क्रममा विपक्षीको ब्लक रोक्ने क्रममा खुट्टाको एङ्कलमा चोट लाग्यो। त्यसपछिका बाँकी खेल खेल्न सकेनन्।
उनी उमेरमा सानै भए पनि शारिरीक बनोटमा मजबुद देखिन्थे। आफूलाई सिनियर दाइहरूले एक्कासी नसोचेको प्रश्न गर्दा उनी अलमल्लमा परे। उनले १६ वर्षको उमेरसम्म कुनै पनि खेलमा चासो दिएका थिएनन्। र, उनले सहजै भनिदिए, 'खेल्न चाहिँ सबै खेल खेल्छु। विशेष रुची कुनैमा छैन।'
उनको शारिरीक उचाईंको प्रशंसा गर्दै सिनियर दाइहरूले धीरजलाई भलिबल खेल्न प्रेरित गरे। उनलाई सर्भिस, इकिङ र डिफेन्सको पहिलो अनुभव याद छ। भलिबलको पहिलो स्पर्श पनि भुलेका छैनन् धीरजले। त्यसपछि भलिबल खेल्न थालेका धीरजले राम्रो गर्दै गए। सबैको मत जित्दै गए।
०००
कक्षा आठदेखि काठमाडौंमा पढ्न थालेपछि उनले खेललाई नजिकबाट बुझ्ने मौका पाए। र, भलिबलसँगैको आकर्षण बढ्दै गयो। उनी महाराजगञ्ज नजिकै एक होस्टेलमा बस्थे। त्यहाँबाट समय निस्किने वित्तिकै महाराजगञ्जस्थित पुलिस क्लब पुगेर अभ्यास गर्थे। उनले त्यहिँ खेल्दै सिक्दै गरे। उनको खेल देखेर प्रभावित हुँदै प्रशिक्षक महेश चौधरीले उनीसँग दुई वर्षको सम्झौता गरे।
उनले पुलिस क्लबबाट आफ्नो खेल जीवनको पहिलो प्रतियोगिता टाइगर कप (२०७७) खेलेका हुन्। टाइगर कप पोखरामा आयोजना हुने गर्छ। तर, त्यहाँ उनले सबै खेलमा अवसर पाएनन्। अवसर नपाउनुमा खुट्टामा लागेको चोट मुख्य कारण बन्यो।
गणडकीसँगको खेलमा मौका पाएका थिए। सानदार प्रदर्शन पनि गरे। त्यसै क्रममा विपक्षीको ब्लक रोक्ने क्रममा खुट्टाको एङ्कलमा चोट लाग्यो। त्यसपछिका बाँकी खेल खेल्न सकेनन्। 'जति नै राम्रो गरे पनि एउटा खेलबाट कति नै राम्रो प्रदर्शन देखाउन सकिन्छ र? खुट्टाको चोटका कारण सोचे जस्तो प्रदर्शन भएन,' उनी भन्छन्। खेलेका अधिकांश खेलमा उनी बेञ्च हिटर भए।
'कुनै पनि खेल पुरा खेल्न पाएन। पहिलो प्रतियोगितामा राम्रो प्रदर्शन गरेर सम्झनलायक बनाउने मेरो सपना अपुरै रह्यो,' उनी भन्छन्।
उनले खेलेको दोस्रो प्रतियोगिता हो राष्ट्रिय भलिबल कप (२०७८)। उक्त प्रतियोगितमा उनले कपन टिम बुढानिलकण्ठबाट खेले। एसईई परीक्षा दिने वर्ष भए पनि अभ्यासमा भने टाइम दिएका थिए। तर, अन्तिम समयमा परीक्षाका कारण उनी एनभिए कपका लागि पुलिस क्लबबाट खेल्न पाएनन्। पुलिसबाट कप खेल्न नपाएपछि उनले बुढानीलकण्ठबाट खेलेका थिए। कपनको टिमसँग राम्रो सम्बन्ध भएकाले उनले त्यहाँबाट खेल्ने अवसर पाएका थिए। त्यो प्रतियोगिता नै उनको खेल जीवनको टर्निङ प्वाइन्ट बन्यो।
उनले त्यहाँ धेरै खेलमा मौका पाए र राम्रो प्रदर्शनसमे गरे। प्रतियोगिताको उपाधि जित्न नसके पनि बुढानील्कण्ठबाट उनले व्यक्तिगत प्रदर्शन उच्च राखे र टिमलाई ठूलो योगदान दिए। यस प्रतियोगितामा उनको प्रदर्शन देखेर नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टसमेत प्रभावित भए। र, उनलाई बंग्लादेशको ढाकामा हुने खेलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका थिए। जहाँ उनी थुप्रै खेलाडीहरूलाई पछि पार्दै शीर्ष १४ मा पर्न सफल भए। शीर्ष १४ मा परे पनि शीर्ष १२ मा पर्न असफल रहे र राष्ट्रिय टिममा छनोट हुन सकेनन्। राष्ट्रिय टिममा खेल्नु उनको सपना थियो, जुन त्यपसटक सफल हुन सकेन। जस्ले गर्दा उनीमा निराशा छाएको थियो।
दोस्रो टाइगर कप र भलिबल लिग
गतवर्ष उनले दोस्रो पटक टाइगर कप खेले। तर, टिम फरक थियो। उनले गत वर्ष टिपटप हेल्प नेपालबाट खेलेका थिए। पोखरामा ठूलो संख्यामा दर्शकमाझ उनले विदेशीखेलाडिसँग खेल्ने अवसर पाए। भारतीय राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान विनित कुमार, अमितजस्ता अनुभवी खेलाडिसँग खेलेर उनले धेरै कुरा सिके। राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको टिपटपले उपाधि भने जित्न सकेन। फाइनलमा विभागीय टिम त्रिभुवन आर्मिसँग पराजित भएपछि फाइनल जित्ने सपना अधुरै रह्यो। तर, पुरै समय टिममा खेल्न पाउनुले खेलाडीलाई धेरै अर्थ राख्छ। अनुभवी खेलाडीसँगको प्रतिस्पर्धाले उनले धेरै कुरा सिक्ने अवसर मात्रै पाएनन् टिमका प्रशिक्षक तथा खेलाडीहरूको नजरमा राम्रो नोटिससमेत भए।
काठमाडौं उपत्यकामा भर्खंरै सम्पन्न छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा चाहिँ उनले एपीएफ क्लबबाट अबसर पाए।
टिममा खेलाडीहरूसँगको राम्रो साझेदारी तथा एकतावद्ध भएर खेल्ने शैलीका कारण उनी एपीएफबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यसपटकको एनभिए लिग धीरजका लागि झनै विशेष भयो। किनकि लिगको उदयीमान खेलाडी बने धीरज बस्नेत।
टिममा खेलाडीहरूसँगको राम्रो साझेदारी तथा एकतावद्ध भएर खेल्ने शैलीका कारण उनी एपीएफबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यसपटकको एनभिए लिग धीरजका लागि झनै विशेष भयो। किनकि लिगको उदयीमान खेलाडी बने धीरज बस्नेत।
'लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएँ। राम्रो गर्नसक्छु भनेर प्रमाणित पनि गर्नुथियो,' उनले भने। पुरुषतर्फ सात टीम सहभागी प्रतियोगितामा उनको टिमले प्रतियोगिताको उपाधि जित्न भने सकेन। सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको खेलमा उनको टिम एपीएफले चौथो स्थान हासिल गर्यो। भर्खंरैको लिगको प्रदर्शनबाट उनको राष्ट्रिय टिमको जर्सी लगाएर देशका लागि खेल्ने सपना पुरा गराउने सम्भावना अझै बलियो बनेको छ।
धीरजलाई परिवारको साथ त छँदैछ। सिनियर खेलाडीले पनि उत्तिकै मोटिभेसन दिने गरेका छन्। उनी भन्छन्, 'दाइहरूले पनि समर्थन र प्रेरणा दिइरहनु भएको छ। सधैँ सकरात्मक रुपमाअघि बढ्न उत्साहित गर्दै भविष्यमा राम्रो प्रदर्शनको अपेक्षा गरेको बताउँनुहुन्छ।'
पछिल्लो पटक नेपाल आउँदा नेदरल्यान्डका प्रशिक्षक हान अबिङ्गले सबै कुरा ठिक भए उनले भविष्यमा राम्रो गर्ने संकेत गरेका थिए। तर त्यतिबेला उनले धीरजलाई टु यङ्ग टु प्ले नेश्नल टिम भनेका थिए। किनकि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा जाँदा सबैभन्दा कान्छा थिए।
भारतीय टिमका पूर्वकप्तान विनित कुमारले पनि उनलाई राम्रा सन्देश दिएका थिए त्यसलाई पनि उनी सम्झन्छन्, 'सही ढंगले बललाई नियन्त्रण गर्न सक्नुहुन्छ भन्दै उहाँले सकरात्मक प्रतिक्रिया दिनु भएको छ,' उनी भन्छन्। खेलमा केही सुधार गर्नुपर्ने र कमजोरिलाई सुधार गर्दै लगेमा भविष्यमा राम्रो उपलब्धि गर्न सक्ने उनी आफैँलाई लाग्न थालेको छ।
उनी बोलेर नभइ केही गरेर देखाउने सोचमा आफू रहेको बताउँछन्। त्यसका लागि कडा मेहेनत गर्न सधैँ सक्रिय रहने धीरजले बताए। यसका साथै उनले खेल र पढाइलाई सँगसँगै लैजाने बताएका छन्। दुवै कुरालाई सँगसँगै लैजान गाह्रो भइरहेको भए पनि समय व्यवस्थापन गर्दै अघि बढ्ने बताए। उनले खेलबाटै देशको शीर विश्वसामू उचो राख्न चाहेको बताएका छन्।