मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। 

National life

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार बिहान भेटवार्ता भएको हो। उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। 

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीनदिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेका हुन्।

प्रकाशित: May 22, 2022| 12:18 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...