काठमाडौं– जर्मन कप अन्तर्गत शनिबार रातिको खेलमा बोरुसिया डर्टमन्डका इर्लिङ हाल्यान्डले ह्याट्रिक गरेका छन्। उनले खेलको पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
सिजनको पहिलो चरणको आफ्नो पहिलो खेलमा सो ह्याट्रिकसँगै बोरुसिया डर्टमन्डले सहज जित निकाल्यो। जर्मनको ब्रिटा एरिनामा सम्पन्न खेलमा उसले एसभ विहन विस्भाडन विरुद्ध ३–० गोलको जित निकालेको हो।
खेलको २६ औं, ३१ औं र ५१ औं मिनेटमा हाल्यान्डले गोल गरेका थिए। पहिलो गोलका लागि उनलाई मार्को रिउसले पास उपलब्ध गराएका थिए। त्यस्तै, पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै उनले दोस्रो गोल गरे।
दोस्रो हाफको ५१ औं मिनेटमा उनको पहिलो प्रहार विपक्षीको गोलकिपर फ्लोरिअन स्ट्रिजेलले रोके पनि दोस्रो पटक प्रहार गर्दै गोल गरेका थिए। उनको पहिलो फिलतो प्रहारमा स्ट्रिजेलले कमजोर प्रदर्शन गरेपछि हाल्यान्डका लागि दोस्रो प्रहाको मौका मिलेको थियो।
खेलमा ६५ प्रतिसत समय बलमा नियन्त्रण बनाएको बोरुसिया डर्टमन्डले १० प्रहार गरे पनि बाँकी प्रहार सार्थक हुन सकेनन्। यता विहन विस्भाडनले भने गोल फर्काउन सकेन्। जर्मन कपमा आज पहिलो चरणका १० खेल हुँदैछन्।