मंगलबार, वैशाख २५, २०८१

रंगेलीमा मतगणना किन बहिस्कार गर्‍यो गठबन्धनले?

सुन्दरहरैचाको सम्भवत आइतबार सम्ममा अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। पटक–पटक गणना हुँदै स्थगीत हुँदै आएको रंगेली नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। वडा नम्वर १ देखि ५ सम्मको अन्तिम मतगणना सकेर सार्वजनिक भइसकेको अवस्था छ। मतगणना सुरु भएपछि सामान्य विवादलाई लिएर गठबन्धनका उम्मेदवारले गणना बहिस्कार गरेपछि रंगेलीमा पुन: शुन्यबाट मतगणना सुरु गरिएको थियो।
 |  शनिबार, जेठ ७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, जेठ ७, २०७९

विराटनगर- मोरङका १५ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। मोरङका मध्यक्षेत्रको सुन्दरहरैचा नगरपालिका र दक्षिण तर्फको रंगेली नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ।

triton college

सुन्दरहरैचाको सम्भवत आइतबार सम्ममा अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। पटक–पटक गणना हुँदै स्थगीत हुँदै आएको रंगेली नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। वडा नम्वर १ देखि ५ सम्मको अन्तिम मतगणना सकेर सार्वजनिक भइसकेको अवस्था छ। मतगणना सुरु भएपछि सामान्य विवादलाई लिएर गठबन्धनका उम्मेदवारले गणना बहिस्कार गरेपछि रंगेलीमा पुन: शुन्यबाट मतगणना सुरु गरिएको थियो। 

शुक्रबार बिहान वडा नम्वर ६ र ७ को मतगणनाका क्रममा १०७ मत वडा नम्बर ७ मा तथ्यांकमा बढी देखिएपछि गठबन्धनले गणना बहिस्कार गरेका थिए। भुलवश कच्चा अभिलेखमा गणना भएको निर्वाचन अधिकृतको कार्यालयले प्रष्ट पारेपनि कांग्रेसले यसमा चित्त बुझाएको छैन। शुक्रबार बिहानदेखि स्थगित मतगणना शनिबार साँझ साढे ५ बजेबाट पुन: सुरु भएको छ।

मतपरिणाम आफ्नो पक्षमा नभएपछि विरोध

गठबन्धनका उम्मेदवार मतपरिणाम आफ्नो पक्षमा नदेखिएपछि विभिन्‍न बाहाना निकालेर गणना कार्यलाई प्रभावित गर्न लाग्ने गरेको देखिएको छ। रंगेलीमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका छन्। मेयरमा नेपाली कांग्रेसका मोदराज घिमिरे र एमालेबाट दिलिपकुमार अग्रवाल छन्। 

corrent noodles
Metro Mart

एमाले अन्तिम मतपरिणाम घोषणा भएका वडा नम्वर १–५ सम्मका सवै वडामा प्यानलै विजयी भएको छ। मेयरमा घिमिरेलाई अग्रवालले २ हजार ३०७ मतको अग्रता कायम गरेका छन्। कांग्रेसले वडा नम्वर ३ र ५ मा आफ्ना उम्मेदवार विजयी हुने आश गरेको थियो। 

दुवै उम्मेदवार पराजित भएपछि गठबन्धनका दलहरु चुनावलाई विथोल्ने, मतगणना बहिस्कार गर्ने गर्दै आएको गणनामा खटिएका एमाले नेताहरुको भनाई छ।  वडा नम्वर ३ मा कांग्रेस उम्मेदवार १९६ र ६० मतान्तरले पराजित भएका छन्। 

मतगणना बहिस्कार, पुन: निर्वाचनको माग

आफ्नो पक्षमा मतपरिणाम नआउने देखिएपछि नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार घिमिरे कसरी हुन्छ निर्वाचनलाई भाँड्ने मनस्थितिमा पुगेको विपक्षी पार्टीका नेताहरुको आरोप छ। ०७४ को निर्वाचनमा तत्कालिन माओवादी उम्मेदवार अग्रवालसँग १ हजार ८८२ मतान्तरले पराजित भएका उनी यस पटक पनि निर्वाचनमा पराजित हुने देखिएपछि आत्तिएको नेताहरु बताउँछन्। 

अघिल्लो पटक माओवादीबाट नगर प्रमुख भएका अग्रवाल एमालेमा प्रवेश गरि घिमिरेसँग प्रतिष्पर्धामा छन्। २ पटक स्थगित भएर पुन ः शनिबार साँझबाट शुरु भएको मतगणनामा नेपाली कांग्रेस, जसपा सहभागि छैन। कांग्रेसका मेयर पदका उम्मेदवार घिमिरेले स्वतन्त्र निर्वाचनको माग गरिएको बताए। हरेक वडामा धाँधली भएको उनको आरोप छ। करिव साढे ३ सय मत मेसिन छाप लगाएको प्रष्ट देखिएको उम्मेदवार घिमिरेको आरोप छ। उनले भने,‘ हामी यो निर्वाचन मान्दैनौं, पुन ः निर्वाचन हुनुपर्छ।’ रंगेलीमा एमाले बाहेक सवै दलले गणना बहिस्कार गरेको उनले बताएपनि गठबन्धन दलका प्रतिनिधि बाहेकका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधि गणना कार्यमा सहभागि भएका छन्।  

निर्वाचनमा कांग्रेसको नराम्रो पराजय हुने देखेपछि मेयर पदका उम्मेदवार घिमिरे आत्तिएको एमाले प्रदेश कमिटी सदस्य मनोज अग्रवालले बताए। केटाकेटीमा खेल हार्दा गरिने व्यनहार जस्तो उनले देखाएको अग्रवालको भनाई छ। परिणाम आफ्नो पक्षमा नआउने देखिएपछि मतगणना बहिस्कारको नाटक गरिएको उनको भनाई छ। मोरङ कांग्रेसको सचिव समेत रहेका घिमिरेले मतगणना कार्य रोक्न र पुन: निर्वाचनका लागि शक्तिकेन्द्रमा अनुचित दवाव दिने गरेका श्रोतको भनाई छ। 

पहिलो पटक मतगणना स्थगित भएपछि रंगेली पुगेका  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पनि उनले पुन ः निर्वाचनको माग गरेका थिए। प्रमुख आयुक्त थपलियाले पुनः निर्वाचन हैन, पुन: गणनामात्रै हुने जवाफ दिएका  थिए। 

निर्वाचन आयोगद्वारा छानबिन टोली गठन

निर्वाचन आयोगले प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कष्यप अधिकारीको संयोजकत्वमा तथ्य तथ्याङ्क केलाउन टोली गठन गरेको छ। टोलीमा प्रशासकीय अधिकृतहरु प्रविणा ढकाल र सन्तोष घिमिरे रहेका छन्। यस्तै आयोगको अनुगमन टोली संयोजकमा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली रहेका छन्। 

प्रकाशित: May 21, 2022| 20:26 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...