बिहीबार, भदौ ४, २०८३

२१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

झापा-  झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले  उनको साथबाट ब्राउनसुगर बरामद भएको उनले बताए।

यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबार लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट स्कुफ–३ बोतल र निट्रोसन ट्याबलेट एक पत्ता बरामद गरेको  थापाले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको र जिल्ला अदालत झापाबाट आज म्याद थपको अनुमति लिएर थप कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Aug 08, 2021| 07:30 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।