बिहीबार, साउन २८, २०८३

एमालेलाई परास्त गर्दै महाभारतको नेतृत्वमा माओवादी

गाउँपालिकाको अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः निर्वाचित भएका हुन्। त्यसैगरी उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- काभ्रेको महाभारत गाउँपालिकामा एमाले उम्मेदवारलाई परास्त गर्दै गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः निर्वाचित भएका हुन्। त्यसैगरी उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका छन्।

जिम्बाले ४ हजार ८ सय ९१ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान ४ हजार १ सय ६९ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङले १ हजार ५ सय ३० मत प्राप्त गरिन्। वडा नं १, ४, ६ र ८ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।


प्रकाशित: May 20, 2022| 23:06 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...