मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १० वर्षपछि अमेरिकाबाट उच्चस्तरीय भ्रमण, उपमन्त्रीले भनिन्- सुन्दर नेपालमा आउन पाउँदा उत्साहित छु

१० वर्षपछि अमेरिकाबाट उच्चस्तरीय भ्रमण, उपमन्त्रीले भनिन्- सुन्दर नेपालमा आउन पाउँदा उत्साहित छु

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्। तीन दिने भारत भ्रमण सकेर जिया शुक्रबार साँझ काठमाडौं आइपुगेकी हुन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्। तीन दिने भारत भ्रमण सकेर जिया शुक्रबार साँझ काठमाडौं आइपुगेकी हुन्। 

National life

करिब १० वर्षपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यसअघि सन् २०१२ मा उपमन्त्री वेन्डी शेरमान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए। 

उपमन्त्री जियाले काठमाडौं ओर्लिएलगत्तै ट्विटर गर्दै सुन्दर नेपालमा आउन पाउँदा उत्साहित भएको बताएकी छन्। राजदूत बेरीसँगको फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, 'यूएसआईडीका एसिया उपसहायक प्रशासक अन्जली कौरसँग सुन्दर नेपालमा आउन पाउँदा खुसी छु। यहाँ अमेरिका-नेपालको बलियो सम्बन्ध र सबैका लागि लोकतन्त्र र मानवअधिकारका विषयमा छलफल गर्नेछौं।' 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जियालाई परराष्ट्र मन्त्रालयका अधिकारी र काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका हुन्। उनले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

Shivam cement

जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी छन्। दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। 

भारतमा रहँदा दुई दिन उनले तिब्बती धर्म गुरु रहेको धर्मशालामा बिताएकी थिइन्। धर्मशाला पुगेर निर्वासनमा रहेको तिब्बती सरकारका प्रतिनिधि र दलाई लामासँग गरेको भेटप्रति चीनले आक्रोश व्यक्त गरेको छ। 


प्रकाशित: May 20, 2022| 19:57 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...