बिहीबार, साउन २८, २०८३

तीनवटा वडामा बालेनलाई स्थापितको भन्दा कम भोट

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले २९ हजार ७६० मत ल्याएर अग्रता कायमै राखेका छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले २९ हजार ७६० मत ल्याएर अग्रता कायमै राखेका छन्।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १६ हजार २५ मत ल्याएका छन्। बालेनभन्दा स्थापित १३ हजार ७३५ मतले पछि परेका छन्।

तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी उम्मेदवा। सिर्जना सिंहले १५ हजार ११० मत प्राप्त गरेकी छन्। उनी बालेनभन्दा १४ हजार ६५० मतले पछि छन्। 

समग्र मतमा बालेन अगाडि भए पनि तीन वटा वडामा भने उनको मत कम आएको छ। वडा नम्बर २५ मा बालेन स्थापितभन्दा निकै पछि छन्। यहाँ अहिलेसम्‍म ५०० मत गणना हुँदा बालेनले ७० मत पाएका छन् भने केशवको मत १२९ छ। सिर्जनाले ६९ मत पाएकी छन्।

वडा नम्बर २७ मा पनि बालेन स्थापिथ र सिर्जनाभन्दा पछि छन्। यहाँ १६ सय ९२ मत गन्दा बालेनले २८३ मत पाएका छन् भने केशवको ५३५ र सिर्जनाको ३६५ मत आएको छ। मतगणना सम्पन्न भएको वडा नम्बर २८ मा उनले स्थापतिले भन्दा कम मत ल्याएका छन्। यहाँ २९ सय ९७ मत गन्दा उनले ७१७ मत पाएका थिए भने केशवको ७४१ मत खसेको थियो। सिर्जनाको ७१९ मत आएको छ।

अहिलेसम्म काठमाडौंमा ७८ हजार ७७८ मतगणना भएको छ भने अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ। ९ वटा वडाको गणना जारी छ।

प्रकाशित: May 20, 2022| 19:14 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...