शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गच्छदारसँगै कांग्रेस छिरेकी गीता बनिन् सप्तरीकै पहिलो महिला मेयर

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तमलोपाबाट मेयर पदमा उम्मेदवारी दिएकी थिइन् तर विजयी हुन सकिनन्। २०७४ मा नै तमलोपा र काङ्ग्रेसबीच पार्टी एकीकरण भएपछि पुनः उनी काङ्ग्रेसकै राजनीतिमा फर्किइन्।
 |  शुक्रबार, जेठ ६, २०७९
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

शुक्रबार, जेठ ६, २०७९

निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामनारायण चौधरीलाई फराकिलो मतान्तरसहित सप्तरीको सुरुङ्गा नगरपालिकामा कांग्रेसकी गीता चौधरीले प्रमुख पदमा विजयी भइन्। नेकपा एसका चौधरीभन्दा ३ हजार ३७५ बढी मत ल्याएकी गीताले ७ हजार २९२ मत प्राप्त गरिन्। नगरको उपप्रमुखमा पनि कांग्रेसकै रुद्रबहादुर कार्कीले समाजवादीकै सुनीताकुमारी मुखियालाई २ हजार २ सय ७७ मतान्तरले पराजित गरे। कार्कीको मत ६ हजार २७५ छ। 

triton college

चुनावमा नगरवासीको विश्वासले अत्यधिक मत ल्याएर विजयी भएको गीताको अनुभव छ। महिला भएको कारणले अरु भन्दा थप चुनौतीलाई सामना गर्दै नेतृत्वमा ल्याइदिने मतदाताप्रति उनी कृतज्ञ छिन्। 'धेरै खुसी छु। तर खुसीसँगै जिम्मेवारी बढेको बोध भएको छ,’ उनले भनिन्, 'मतदाताले विश्वास गरेर मत दिनु भएको छ। अब काम गरेर देखाउने बेला मेरो आएको छ। उहाँहरूको विश्वास गुम्न नदिन अधिकतम प्रयास गर्छु।'  

तुलनात्मक रूपमा पछि पारिएका महिला र त्यसमा पनि मधेशी क्षेत्रका मधेशी समुदायमा घरबाट बाहिर निस्किएर राजनीति गर्न गीतालाई सहज थिएन। बाहिर निस्किएर खुलेर बोल्नै पनि हिच्किचाउने समुदायबाट नै हुर्किएकी गीता यो कुरामा अनविज्ञ छैनन्। ‘भोट माग्न घरदैलोमा जाँदा महिला अनुहार पूरै ढाकेर बसेको हुन्थे,’ कांग्रेस उम्मेदवारबाट मेयरमा परिणत भएकी गीताले भनिन्, 'महिला मेयरको उम्मेदवारमा उठेको र भोट माग्न आएको दृश्य सबैको लागि नौलो थियो। ती घरमा मत माग्न गएको अवस्था सम्झिएर र उहाँहरूले गरेको विश्वासलाई ऊर्जामा परिणत गरेर काम गर्छु।' 

आफ्नो नेतृत्वले महिलाहरुमा आत्मविश्वास बढ्ने उनको विश्वास छ। ‘जब म विजय जुलुसमा गइरहेकी थिएँ, महिला दिदीबहिनी र आमाहरू आफैँ निर्वाचित भएझैँ उत्साहित हुनुभयो। त्यसले मलाई अझ बल मिलेको छ।’ आफू अब महिलाको मात्र मेयर नभएर सम्पूर्ण नगरबासीको प्रतिनिधि भएकाले उनीहरूको र प्रतिस्पर्धामा उत्रिएकाहरूको समेत प्रतिनिधि भएर काम गर्ने उनको भनाइ छ। 'नगरबासीको जीवन स्तरोन्नति गर्ने जिम्मेवारी आफ्नै काँधमा आइपुगेको महसुस भएको उनको भनाइ छ। 

कांग्रेस उम्मेदवारबाट मेयरमा परिणत भएकी गीताले भनिन्, 'महिला मेयरको उम्मेदवारमा उठेको र भोट माग्न आएको दृश्य सबैको लागि नौलो थियो। ती घरमा मत माग्न गएको अवस्था सम्झिएर र उहाँहरूले गरेको विश्वासलाई ऊर्जामा परिणत गरेर काम गर्छु।'

महिलामाथि हुने हिंसाले उनलाई पिरोल्छ। यसका साथै नागरिकता र विवाहदर्ताजस्ता व्यक्तिगत घटना दर्तामा पनि महिलालाई बढी सास्ती रहेको उनको अनुभव छ। त्यसैले यो क्षेत्रमा आफू खरो उत्रने उनले अठोट लिएकी छन्। आर्थिक रुपमा कमजोर महिलामाथि महिला हिंसाका घटना बढी हुने गरेको देखिएको बताएकी उनले महिलालाई आत्मनिर्भर बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको सुनाइन्।

Metro Mart
vianet

000

चुनावको दिन सबै केन्द्रमा पुगेकी थिइन् गीता। मतदानस्थलको अवलोकन गरिन्। उनलाई देखेर मतदाताहरु एकआपसमा कानेखुसी गरिरहेको थिए। ‘घरदैलोको समयमा प्रायः सबै घरमा पुगेको भएपनि विभिन्न कामले घरबाहिर रहेका मतदातासँग भेट गर्न सकेकी थिइनँ।’ भेट नभएका मतदाताले पनि चासोपूर्वक उनलाई हेरिरहेका थिए। सबै बुथमा उनले राम्रो प्रतिक्रिया पाइएकी थिइन्। 

‘एउटा गुटमा चाँहि केही पुरुषले किन मतदानस्थलमा छिरेको भन्दै विवाद गर्न थाले। उम्मेदवारले मतदानस्थल निरीक्षण गर्न पाउँछ भन्दा पनि उनलाई भोट मागेको आरोप लगाए,’ उनले मतदानको दिनको दिनको नमिठो अनुभव सुनाइन्। उम्मेदवार मतदानस्थलमा छिर्न नपाउने भन्दै एउटा गुटमा विवाद भएपनि उनलाई चुनावको दिन सबैले राम्रो प्रतिक्रिया दिएका थिए।

000

गीताको माइती नवलपरासी जिल्लामा पर्छ। विद्यार्थी जीवनमा नै राजनीतिप्रति चासो थियो उनको। परिवार काङ्ग्रेस समर्थक थियो। राजनीतिमा चासो भएपनि पाइला टेक्दाटेक्दै २०५५ सालमा उनको विवाह भयो। विवाहपछि घर-ठेगाना फेरियो। उनी सप्तरीबाट नै राजनीतिमा सक्रिय हुन थालिन्। 

सुरुवातमा मधेशका मुद्दामा केन्द्रित उनी पछि मधेसवादी दलबाट राजनीतिमा होमिइन्। चुनावको समयमा आफ्नो पार्टीको उमेदवारलाई समर्थन र सहयोग गर्थिन्। विवाहपछिको परिवारको पनि काङ्ग्रेसप्रति झुकाव थियो। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तमलोपाबाट मेयर पदमा उम्मेदवारी दिएकी थिइन् तर विजयी हुन सकिनन्। २०७४ मा नै तमलोपा र काङ्ग्रेसबीच पार्टी एकीकरण भएपछि पुनः उनी काङ्ग्रेसकै राजनीतिमा फर्किइन्। 

विवाहपछि नयाँ राजनीतिक पहिचान बनाउन महिलालाई सङ्घर्ष गर्नुपर्ने हुन्छ। ‘परिवार राजनीतिमा चासो राख्ने भएकाले मलाई राजनीति गर्न सजिलो भयो,’ उनले भनिन्। तर पार्टीबाट आफूलाई जिम्मेवारी नदिइँदा पनि निरन्तर आफ्नो कर्तव्य पूरा गरेको बताउँछ।

२०६२/६३ ताका नेपाली कांग्रेसका नेताहरू मधेशकेन्द्रित पार्टी गठन गर्न थाले। केही नेताहरू गठन भइसकेका मधेशवादी पार्टीमा प्रवेश गरेका थिए। विजयकुमार गच्छदार पनि मधेशी जनअधिकार फोरम पार्टीमा पुगे। गच्छादारसँगै उनी २०६४ सालमा नेपाली कांग्रेस छोडेर मधेशी जनअधिकार फोरमको राजनीतिमा लागिन्। पछि गच्छदारले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बनाए। उनी पनि गच्छदारकै पार्टीमा सक्रिय हुन थालिन्। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तमलोपाबाट मेयर पदमा उम्मेदवारी दिएकी थिइन् तर विजयी हुन सकिनन्। २०७४ मा नै तमलोपा र काङ्ग्रेसबीच पार्टी एकीकरण भएपछि पुनः उनी काङ्ग्रेसकै राजनीतिमा फर्किइन्। 

000

अधिकांश उम्मेदवारका लागि कांग्रेसमा टिकट पाउन सहज हुँदैन। पाएको टिकट पनि कति बेला खोसिन्छ पत्तो हुँदैन। तर गीताले भने टिकट लिन ठूलो पौँठेजोरी खेल्नुपरेन। ‘अघिल्लो चुनावमा तमलोपाबाट मेयर उम्मेदवार बनेकी थिएँ। तर पराजित भएँ,’ उनी भन्छिन् ‘यो पटक मेयर बनेरै छाड्ने कुरामा प्रतिबद्ध भएकाले पार्टीले विश्वास गरेर टिकट दियो। मैले मतदातालाई विश्वास दिलाउन सफल भएँ। उहाँहरूले विश्वास गर्नुभयो।’

केन्द्रबाट टिकट ल्याउन भन्दा स्थानीयस्तरमा धेरै चुनौती सामना गर्नुपरेको उनको अनुभव छ। स्थानीय तहका नेतालाई महिलाले टिकट पाएको उति चित्त नबुझेको उनको आरोप छ। ‘महिला पनि मेयरको पदमा बस्न योग्य हुन्छन् र! भनेर प्रश्न गर्थे। हामी अब महिलाको नमस्कार गर्ने अवस्था आयो भनेर केही नेताले भनेको सुन्दा नरमाइलो लाग्थ्यो।’ उनले स्थानीय केही नेताहरुको सोचाई नै गलत रहेको बताइन्।

सामाजिक सेवामा भएको रुचिलाई राजनीतिमार्फत् पूरा गर्ने उनको धोको नमरेकाले उनी सुरुंगाबाट मेयरमा उम्मेदवारी दिएको बताउँछिन्। स्थानीय सरकार नागरिकको जीवनमा परिवर्तन ल्याउन महत्त्वपूर्ण हुने भएकाले त्यसमा आफू नगरबासीका अपेक्षा पूरा गर्न सफल हुने उनको विश्वास छ। 

पार्टीले टिकट दिइसक्दा पनि महिला भएकै कारण स्थानीय केही नेताको विश्वास पाउन नसकेको उनको दुखेसो पनि छ। तर सहयोग गर्नेहरू पनि उतिकै थिए। त्यसैले उनको जित सम्भव भयो। आफ्नो उम्मेदवारीबाट असन्तुष्ठ भएर मेयर र उपमेयरको पदमा नै बागी उम्मेदवार थिए। मतदानमा बागीलाई पाखा लगाउँदै जितको बाटो उनले क्लियर गरिन्।  काङ्ग्रेसका धेरै नेता विपक्षमा हुँदाहुँदै पनि मतदाताको साथले जित्न सफल भएकोमा उनलाई बढी खुसी लागेको छ।

गीताले यसपालि चुनाव मात्र जितिनन्, इतिहास पनि बनाएकी छन्। जिल्लामा नै उनी पहिलो पटक महिला मेयर निर्वाचित भएकी हुन्। 'जिल्लाकै पहिलो महिला मेयर हुन्छु भनेर त म चुनाव लडेको होइन। म यसपालिको चुनाव जित्न चाहिँ होमिएकी थिएँ। तर पहिलो महिला मेयर पनि भएछु। मेरो जितले समग्र महिला र विशेषगरी मधेशी/थारु समुदायका महिलालाई प्रोत्साहन गरेकोमा मलाई खुसी लागेको छ,' आफू जिल्लाको पहिलो महिला मेयर भएको विषयमा उनले प्रतिक्रिया दिइन्। 

७ हजार २९२ मत प्राप्त गरेर विजयी बनेकी उनी सुरुङ्गामा ७ हजार मतको सीमा कटाउने पहिलो उम्मेदवार हुन्। नगरलाई परिवर्तन चाहनेले आफूलाई मत दिएको बताउने उनी नगरबासीका अपेक्षा पूरा गर्न कुनै कसर बाँकी नराख्नेमा दृढ सुनिन्छिन्। 

प्रकाशित: May 20, 2022| 16:41 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...