मंगलबार, असार ९, २०८३

काठमाडौं उपत्यकाका २१ वटै पालिकामा माओवादी 'निल'

काठमाडौं उपत्यकाका २१ वटा पालिकाको नेतृत्वमा नेकपा माओवादी केन्द्र निल भएको छ। काठमाडौंका ११, भक्तपुरका ४ र ललिपुरका ६ पालिकाको नेतृत्वमा माओवादीका कुनै उम्मेदवार निर्वाचित हुन सकेनन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– काठमाडौं उपत्यकाका २१ वटा पालिकाको नेतृत्वमा नेकपा माओवादी केन्द्र निल भएको छ। काठमाडौंका ११, भक्तपुरका ४ र ललिपुरका ६ पालिकाको नेतृत्वमा माओवादीका कुनै उम्मेदवार निर्वाचित हुन सकेनन्।

National life

२०७४ सालको निर्वाचनमा उपत्यकाका २१ पालिकामध्ये एउटामा माओवादीले नेतृत्व जितेको थियो। अघिल्लो निर्वाचनमा ललितपुरको कोन्जयोसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो। अघिल्लो निर्वाचनमा एक्लै कोन्ज्योसोम गाउँपालिका जिते पनि यसपटक गठबन्धन गर्दा पनि माओवादी पराजित भएको छ।  

अघिल्लो निर्वाचनमा सो गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान र उपाध्यक्षमा मिम्मा लामा निर्वाचित भएका थिए। यसपटक भने उनै स्याङ्तानलाई पराजित गरेर नेकपा एमालेका कृष्णमान लामा अध्यक्षमा निर्वाचित भएका छन्। 

उपप्रमुखमा भने कांग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका छन्। उपत्यकाका धेरै पालिकामा यसपटक माओवादीले उम्मेदवारी नै दिएको थिएन। उम्मेदवार भएका पालिकामा पनि माओवादीको भागमा पराजय परेको छ। 

उपत्यकामा कहाँ के जित्यो माओवादीले?

Shivam cement

काठमाडौं जिल्लाका ११ तहमा माओवादीले प्रमुख र उपप्रमुख जित्न सकेन। भक्तपुरमा भने माओवादीले एक उपप्रमुख जितेको छ। मध्यपुर थिमी नगरपालिकामा कांग्रेससँगको गठबन्धन गरेर माओवादीले उपमेयर जितेको हो। नगरपालिकाको मेयरमा कांग्रेसका मदनसुन्दर श्रेष्ठ विजयी हुँदा उपमेयर माओवादीका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका हुन्। भक्तपुरका अन्य तीन पालिकामा माओवादी निल छ। 

अघिल्लो निर्वाचनमा गाउँपालिकाको अध्यक्ष जितेको ललितपुरको कोन्ज्योसोम गाउँपालिका यसपटक माओवादीले गुमाएको छ। महांकाल गाउँपालिकामा भने कांग्रेससँग चुनावी तालमेल गरेर माओवादीले उपाध्यक्ष जितेको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गणेश केसी र उपाध्यक्षामा माओवादीकी डोल्मामाया गोले विजयी भइन्। महालक्ष्मी नगरपालिकामा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो। तालमेलअनुसार नगरपालिकाको मेयर माओवादीको भागमा परेको थियो। तर माओवादीका शिवप्रसाद कट्टेल एमालेका हरिगोविन्द श्रेष्ठसँग पराजित भएका छन्।

ललितपुर महानगरपालिकामा कांग्रेससँग माओवादीले तालमेल गरेको थियो। तालमेलअनुसार माओवादीले उपमेयर पाएको थियो। तर माओवादीका उम्मेदवार बाबुराजा बज्राचार्य निर्वाचित हुने सम्भावना शून्य छ। बागमती गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच तालमेल थियो। तालमेल अनुसार माओवादीले उपाध्यक्ष जितेको छ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बीरबहादुर लोप्चन विजयी हुँदा उपाध्यक्षमा माओवादीका भक्तबहादुर दर्लामी मगर विजयी भए। उपत्यकाका २१ पालिकाको नेतृत्वमा निल भएको माओवादीले एक उपमेयर र दुई उपाध्यक्षमा चित्त बुझाएको छ। 


प्रकाशित: May 20, 2022| 15:33 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...