बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा (एस)ले जित्यो पहिलो उपमहानगर, हेटौंडामा मेयर–उपमेयर दुवै गुमायो एमालेले

नेकपा (एस)ले जित्यो पहिलो उपमहानगर, हेटौंडामा मेयर–उपमेयर दुवै गुमायो एमालेले

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा जित निकाल्ने पक्का भएको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा जित निकाल्ने पक्का भएको छ।

त्यहाँ मतगणना सकिएको छैन तर करिब ४ हजार मत गन्न बाँकी हुँदै नेकपा एमालेले हार स्वीकार गरेको छ। ७३ हजार ४१४ मत खसेकोमा ६९ हजार ६ सय ९६ मत गनेर सकिएको छ।

सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले एमालेका उम्मेदवारसँग २ हजार ७७ मतान्तरले अग्रता बनाएपछि उमाले उम्मेदवारले हार स्वीकार गरेका हुन्। एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले हार स्वीकार गर्दै गठबन्धनकी उम्मेदवार लामालाई भेटेरै बधाई दिएका छन्।

मतगणनास्थलमै आएर उनले लामालाई खादा लगाइदिएर बधाई दिएको बताइएको छ।

एमालेको किल्ला मानिने हेटौंडामा उपमेयरमा पनि गठबन्धनकै उम्म्मेदवार निर्वाचित हुने निश्चित भएको छ। उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ छन्। उनले पनि एमाले उम्मेदवार सुमित्रा काफ्लेसँग फराकिलो मतान्तरले अग्रता लिएका छन्।  

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर विजयी भएका थिए भने उपमेयरमा एमालेकै मीना लामा २३ हजार ४३७ मतले निर्वाचित भएकी थिइन्। उनै लामा नेकपा (एस) तिर लागेर अहिले मेयर उठेकी हुन्।


प्रकाशित: May 20, 2022| 17:08 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...