मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थापितलाई १३ हजारभन्दा बढी मतले उछिने बालेनले, सिर्जना तेस्रो स्थानमा

स्थापितलाई १३ हजारभन्दा बढी मतले उछिने बालेनले, सिर्जना तेस्रो स्थानमा

दुई साताअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना अझै सकिएको छैन। खासगरी उपमहानगर र महानगरपालिकामा मतगणना जारी छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९
National life
Shivam cement

काठमाडौं– दुई साताअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना अझै सकिएको छैन। खासगरी उपमहानगर र महानगरपालिकामा मतगणना जारी छ।

महानगरमध्ये पनि धेरैको चासो रहेको काठमाडौं महानगरपालिकामा अहिलेसम्म ७४ हजार १९३ मत गनिएको छ। पछिल्लो तथ्यांकअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २८ हजार २९२ मत ल्याएर अग्रता लिएका छन्।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले १४ हजार ९८० मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको मत १४ हजार ६५७ छ। काठमाडौं महानगरमा करिब १ लाख ९० हजार मत खसेको छ।


प्रकाशित: May 20, 2022| 12:44 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...