मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बालुवाटार अगाडि बलात्कारविरुद्ध प्रदर्शन [तस्बिरहरू]

बालुवाटार अगाडि बलात्कारविरुद्ध प्रदर्शन [तस्बिरहरू]

बालुवाटारमा बलात्कारको विरोध उत्रिएका युवा
 |  शुक्रबार, जेठ ६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, जेठ ६, २०७९

National life

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि बलात्कारको विरुद्धमा युवाहरू प्रदर्शनमा उत्रिएका छन्।

आफूमाथि सौन्दर्य प्रतियोगितासँग सम्बन्धित एक व्यक्तिले बलात्कार गरेको खुलासा गर्ने युवतीको पक्षमा युवाहरू स्वस्फुर्तरुपमा प्रदर्शनमा उत्रिएका हुन्। सामाजिक सञ्जालमार्फत ती युवतीले आफूमाथिको बलात्कारको खुलासा गरेकी थिइन्। 

त्यसपछि उनको पक्ष र विपक्षमा प्रतिक्रियाहरू आउन थालेका छन्। युवतीले आफू १६ वर्ष हुँदा ८ वर्षअघि बलात्कार भएको खुलासा गरेकी थिइन्। उनले बलात्कारको आरोप लगाएको व्यक्तिको नाम भने खुलाएकी छैनन्।

प्रदर्शनकारीहरूले पुँजीवादी पितृसत्ता मुर्दावाद, दोषीलाई कारबाही गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ, न्याय पाउन म्याद किन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्याक अदालतको स्थापना गरलगायत नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरूले प्रदर्शन गरिरहेका छन्।

kumari


 

प्रकाशित: May 20, 2022| 10:19 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।