बिहीबार, साउन २८, २०८३

१३६ पालिकाको नतिजा आउन बाँकी, ६१७ वटामा कुन दलले कति जिते?

स्थानीय तह सदस्य निर्वाचन २०७९ को दुई साता बित्नै लाग्दा देशभरका ७५३ मध्ये ६१७ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन २०७९ को दुई साता बित्नै लाग्दा देशभरका ७५३ मध्ये ६१७ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

आज शुक्रबार बिहान ६ बजेसम्ममा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो। ६ वटा महानगरमध्ये कुनैको पनि मतगणना सकिएको छैन। 

अहिलेसम्म २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन्।

जनता समाजवादी पार्टीले १८, नेकपा एकीकृत समाजवादीले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।

उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादीले २०, जसपाले १७, लोसपाले ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ ठाउँमा जितेका छन्।

३० वैशाख (गत शुक्रबार) देशभर एकै चरणमा स्थानीय निर्वाचन भएको हो।

प्रकाशित: May 20, 2022| 07:35 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...