मंगलबार, असार ९, २०८३

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो। 

National life

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। 

जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दीपावली गर्ने र आम नागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ। 

१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक मूल समारोह गरिने सदस्य सचिव गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो। त्यसै दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दीपावली गर्ने कार्यक्रम तय भएको छ। 

१६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ। 

Shivam cement

त्यस्तै विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीपप्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ। 

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय/निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहर्‍राएर १४, १५ र १६ जेठमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, प्रधान सेनापति विशिष्ट श्रेणीका राजपत्राङ्कित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी मूल समारोह समिति गठन गरिएको छ। समितिको सदस्य सचिवमा गृहसचिव टेकनारायण पाण्डे रहेका छन्। 

मूल समारोह समितिबाट प्रचार प्रसार, मञ्च सजावट तथा व्यवस्थापन, ग्राउन्ड कवाज एवं व्यायाम व्यवस्थापन उपसमिति पनि बनाइएको छ।

प्रकाशित: May 19, 2022| 13:04 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...