मंगलबार, वैशाख २५, २०८१

मोरङमा कांग्रेस-एमाले आफ्नो प्रभाव क्षेत्र गुमाउँदै, अर्काको खोस्दै

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको मतगणना मोरङमा पनि जारी रहेको छ। मोरङमा आठ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
 |  बिहीबार, जेठ ५, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, जेठ ५, २०७९

विराटनगर- गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको मतगणना मोरङमा पनि जारी रहेको छ। मोरङमा आठ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।

triton college

सार्वजनिक भएका परिणाममा एमाले र कांग्रेसले ४-४ वटा स्थानीय तहको प्रमुख पद जितेका छन्। ९ वटा स्थानीय तहको मतगणना जारी छ। ९ वटा मध्ये एमालेले उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, रंगेलीमा अग्रता कायम राखेको छ। नेपाली कांग्रेसले विराटनगर, सुन्दरहरैचा, रतुवामाई, ग्रामथान, धनपालथानमा अग्रता कायम गरेको छ। 

एमालेले लेटाङ नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजयी हासिल गरेको छ। नेपाली कांग्रेसले बुढीगंगा, जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख पदमा विजयी भएको छ। 

एमालेले कहाँ गुमायो, कहाँ खोस्यो?

२०७४ को निर्वाचनमा मिक्लाजुङमा प्रमुख र उपप्रमुखसहित बहुमत वडामा विजयी हासिल गरेको एमालेले यस पटक प्रमुख र उपप्रमुख मात्रै गुमाएन, २ वटा वडामा मात्रै चित्त बुझाएको छ। एमालेको प्रभावक्षेत्रमा उसले नराम्रो पराजय भोगेको छ। 

corrent noodles
Metro Mart

कांग्रेस–माओवादी गठबन्धनले मिक्लाजुङमा प्रभाव जमाएको छ। एमालेले अन्तर्घातका कारण पराजय भोग्नुपरेको प्रतिक्रिया दिएको छ। २०७४ को निर्वाचनमा ग्रामथानमा ५९ मतान्तरले पराजित गरेको एमालेले त्यहाँ अध्यक्ष पद गुमाउने निश्चित बनेको छ। 

२०७४ मा मोरङका ९ वटा स्थानीय तहमा विजयी भएको कांग्रेस ५ वर्षपछि खुम्चदैछ। अहिलेसम्म घोषित ८ स्थानीय तहको परिणाम कांग्रेसले सुनबर्षी गुमाएको छ। 

ग्रामथानमा मतगणना जारी छ। अघिल्लो निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदारलाई पराजित गरेका एमाले उम्मेदवार शिवनारायण माझी अहिले १ हजार ३३८ मतले पछि छन्। मतगणना अन्तिम चरणमा छ। 

एमालेले २०७४ मा पराजित भएका आफ्नो प्रभावक्षेत्रमा विजयी हासिल मात्रै गरेको छैन कांग्रेसको गढमा उसैलाई पराजित गरिदिएको छ। अघिल्लो निर्वाचनमा लेटाङ नगरपालिका र केराबारी गाउँपालिकाको प्रमुख पद गुमाएको एमालेले यस पटक प्रमुख, उपप्रमुख सहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा पार्न सफल भएको छ। 

एमालेले सुनबर्षी नगरपालिकामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कहिल्यै जित्न नसकेको सुनवर्षीमा प्रमुख, उपप्रमुख सहित अधिकांश वडामा जित्न सफल भएको छ। 

२०७४ मा १ हजार ७०२ मत अन्तरले पराजित भएको एमालेले १ हजार ६८७ मत अन्तरले कांग्रेसलाई पराजित गर्दै प्रमुख पद जितेको छ। २०७४ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएर दोस्रो मत ल्याएका श्यामप्रसाद राजवंशी एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए। 

कांग्रसले कहाँ गुमायो, कहाँ खोस्यो?

२०७४ मा मोरङका ९ वटा स्थानीय तहमा विजयी भएको कांग्रेस ५ वर्षपछि खुम्चदैछ। अहिलेसम्म घोषित ८ स्थानीय तहको परिणाम कांग्रेसले सुनबर्षी गुमाएको छ। 

लेटाङ र केराबारीको प्रमुख पद पनि उसले गुमाएको छ। अघिल्लो निर्वाचनमा विजयी भएको उर्लाबारी कांग्रेसले गुमाउने निश्चित छ। 

मिक्लाजुङमा कांग्रेसले निकालेको विजय जुलुस

कांग्रेसले जनता समाजवादी पार्टीको प्रभावक्षेत्र खोस्न सफल भएको छ। जहदामा एक छत्र शासन गरेको जसपाले यसपटक प्रमुख, उपप्रमुख दुवै पद मात्रै गुमाएन धेरै वडाहरू पनि गुमाएको छ। २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएको कैलाशप्रसाद मण्डल २ हजार ४५३ मत अन्तरले पराजित भएका छन्। 

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साहलाई १ हजार ३९० मत अन्तरले पराजित गरेका थिए। अघिल्लो निर्वाचनमा हारेको बदला साहले झण्डै दोब्बर मतान्तरले लिएका छन्। 

कांग्रेसले कटहरीमा उपप्रमुख पद गुमाएको छ। अघिल्लो निर्वाचनमा प्रमुख, उपप्रमुख सहित बहुमत वडा जितेको थियो । यसपटक उपप्रमुख सहित ५ वटामा एमाले विजयी भएको छ। 

माओवादी र जसपा शून्य

२०७४ को निर्वाचनमा १७ वटा स्थानीय तहहरू मध्ये नेपाली कांग्रेसले विराटनगर महानगर सहित ९ वटा स्थानीय तहमा विजयी भएको थियो। पार्टी एकीकरण पछि तत्कालीन लोकतान्त्रिक फोरमले जितेको बुढीगंगा सहित १० पुगेको थियो।

एमालेले ५, माओवादी केन्द्र र जसपाले १-१ वटा स्थानीय तहमा जित हासिल गरेका थिए। गत वैशाख ३० गते सम्पन्न निर्वाचनको परिणाम अनुसार माओवादी र जसपा मोरङमा शून्य हुने भएका हुन्। मिक्लाजुङको उपप्रमुखमा बाहेक माओवादी केन्द्रले मतगणना जारी रहेका पालिकामा अग्रता छैन। 

२०७४ मा रंगेलीको प्रमुख र उपप्रमुख जितेको माओवादी केन्द्रले सो नगरपालिका गुमाउने निश्चित छ। रंगेलीमा माओवादी उम्मेदवार लीलादेवी सङ्ग्रौलाले २८० मत ल्याएर तेस्रो स्थानमा छिन्। 

यसअघि माओवादीबाट नगरप्रमुखमा जितेका दिलीपकुमार अग्रवाल एमालेमा प्रवेश गरी अहिले चुनावी प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा १ हजार ८८२ मतान्तरले कांग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित  गरेका अग्रवाल अहिले उनीसँगै प्रतिस्पर्धामा छन्। अग्रवाल अहिले १ हजार ७३० मतले अघि छन्।

जसपाले पनि मोरङमा वडाध्यक्षमा मात्रै चित्त बुझाउने भएको छ। जहदा गुमाएको उसका उम्मेदवार जारी मतगणना रहेको स्थानीय तहमा अग्रता कायम छैन।

प्रकाशित: May 19, 2022| 08:38 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...