मंगलबार, असार ९, २०८३

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्ने भएको छ। दुवै सदनका बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्ने भएको छ। दुवै सदनका बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।

National life

प्रतिनिधिसभाको ११औं अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०७० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहनेछ। 

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ।

Shivam cement

प्रकाशित: May 19, 2022| 07:43 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...