मंगलबार, असार ९, २०८३

देउवाले टिकट खोसेका अधिकारी लालबन्दीको मेयर निर्वाचित

लालबन्दीमा नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रले मेयर तथा उपमेयरमा गठबन्धन गरेका थिए। गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकी तेस्रो बने।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिका प्रमुखमा नेपाली कांग्रेस निर्वाचित भएका छन्। कांग्रेसका वासुदेव अधिकारी अधिकारीले एमाले उम्मेदवार गोविन्दबहादुर महतलाई हराएका हुन्। 

National life

निर्वाचन अधिकृतको कार्यालयले अधिकारीको जितबारे आधिकारिक घोषणा गरिसकेको छैन।

लालबन्दीमा नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रले मेयर तथा उपमेयरमा गठबन्धन गरेका थिए। गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकी तेस्रो बने।

'लालकिल्ला' मानिने लालबन्दीमा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेका मानबहादुर खड्काले मेयर जितेका थिए। 

गठबन्धन गर्नका लागि यसपटक अन्तिम समयमा आएर खड्काको मेयरको टिकट कांग्रेसले खोसेको थियो। निर्वाचित अधिकारी भने पार्टीको केन्द्रको निर्णयविपरीत चुनावमा होमिए। निर्वाचन आयोगमा उम्मेदवारी फिर्ता लिने समयपछि कांग्रेस सभापति देउवाले पठाएको पत्रलाई मान्यता दिएन। 

Shivam cement

आयोगले उम्मेदवारी दर्ताको अन्तिम समयपछि आएको देउवाको पत्रलाई मान्यता नदिँदा अधिकारीको उम्मेदवारी रद्द गराउन देउवा असफल बनेका थिए। अन्ततः अधिकारी मेयरमा निर्वाचित भएका हुन्। 

प्रकाशित: May 19, 2022| 10:56 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...