शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जसले ४३ घण्टामै ४४ हजार मतगणना सके

प्रमुख आयुक्तले निर्वाचन अधिकृतमाथि दोष थोपरिरहँदा एक यस्ता निर्वाचन अधिकृत पनि छन्, जसले खरायो गतिमा गणना सकाए। भक्तपुरको भक्तपुर नगरपालिकामा करिब ४४ हजार मत ४३ घण्टामै गणना गरेर सकिएको हो।
 |  बुधबार, जेठ ४, २०७९
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, जेठ ४, २०७९

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको आज बुधबार ६ दिन बितिसक्दा पनि देशभरका पालिकाको मतगणना सकिएको छैन। मतगणना कछुवा गतिमा भएको भन्दै निर्वाचन आयोगको पनि आलोचना भइरहेको छ।  

triton college

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गणनाको काम प्रमुख निर्वाचन अधिकृतको हुने भन्दै उनीहरुकै कारण ढिलाइ भएको बताएका छन्। ‘निर्वाचन गराउने जिम्मेवारी मैले निर्वाह गरें, गणना मेरो जिम्मेवारी होइन। गणनाको काम प्रमुख निर्वाचन अधिकृतको हो। मत कहिले गनिसक्ने, उहाँहरूकै तजबिजमा भर पर्छ। हरेक जिल्लामा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीशहरूले पाएका हुन्छन्, उनीहरूले आयोगको अनुरोध बेवास्ता गर्दा मतगणनामा ढिलाइ भइरहेको हो,’ थपलियाले कान्तिपुरसँग भनेका छन्, ‘मतगणना छिटो गराउन मैले सबै प्रमुख निर्वाचन अधिकृतलाई अनुरोध गरेको हुँ, आवश्यक पर्ने सबै सुविधा दिन तयार छौं पनि भनेको हुँ। धेरै मतदाता भएका महानगरमा कर्मचारी थपेर धेरै ठाउँमा एकै पटक गणना गर्ने मेरो प्रस्ताव थियो। यसो गर्दा अहिलेसम्म परिणाम दिन सकिन्थ्यो तर काठमाडौंका प्रमुख निर्वाचन अधिकृतले मान्नुभएन।’

प्रमुख आयुक्तले निर्वाचन अधिकृतमाथि दोष थोपरिरहँदा एक यस्ता निर्वाचन अधिकृत पनि छन्, जसले खरायो गतिमा गणना सकाए। भक्तपुरको भक्तपुर नगरपालिकामा करिब ४४ हजार मत ४३ घण्टामै गणना गरेर सकिएको हो। 

भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जित निकालेको छ। नगरपालिकाका १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमा समेत नेमकिपाका उम्मेदवार विजयी भए। अरु पार्टीका उम्मेदवारको जमानत नै जफत भयो। कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको जमानत जफत हुन्छ। भक्तपुर नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गरे भने भने अर्का उम्मेदवार एमालेका रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मतमा चित्त  बुझाए।

प्रमुखकै स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र माओवादी केन्द्रका तुलसीभक्त सुवालले ७४२ मत ल्याए। उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत ल्याएकी छन्। 

Metro Mart
vianet

वडाध्यक्षतर्फ १ नम्बरमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा नं १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा निर्वाचित भएका छन्। 

सँगै मतगणना सुरु भएका अन्य नगरपालिकामा अझै अन्तिम परिणाम आउन सकेको छैन। तर, भक्तपुर नगरपालिकामा भने कसरी ४३ घण्टामै करिब ४४ हजार मत गनेर सकियो त? हामीले त्यहाँका निर्वाचन अधिकृतलाई यसबारे जिज्ञासा राख्यौं।

निर्वाचन हुनुभन्दा करिब एक साता अघिदेखि नै आफूहरुले गणनाको तयारी थालेको निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए। व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको उनले सुनाए।

प्रमुख आयुक्तले निर्वाचन अधिकृतमाथि दोष थोपरिरहँदा एक यस्ता निर्वाचन अधिकृत पनि छन्, जसले खरायो गतिमा गणना सकाए। भक्तपुरको भक्तपुर नगरपालिकामा करिब ४४ हजार मत ४३ घण्टामै गणना गरेर सकिएको हो। 

उनले नेपाल समयसँग कुराकानी गर्दै भने, ‘म अधिकृत भए पनि मान्छे अलि खडुस छु। मलाई काममा लापरवाही गरेको मन पर्दैन। निर्वाचन सकिएपछि मत गन्दा मैले आफैं बाकस बोकेर गन्ने ठाउँमा ओसारेँ। देख्नेहरुले मलाई सहयोग गरेझैँ गरेर नजिक आए पनि। तर, मैले मेरै कर्मचारीहरुलाई घर गएर आनन्दले सुत्नुस् भनेर थर्काएँ। आयोगले प्रत्येक मतपेटिकाबाट मतपत्रहरू खसालेपछि त्यसलाई घोप्टो पारी ५०–५० वटाको मुठा पारेर एक–एकवटा गन्न निर्देशन दिएको थियो। हामीले त्यही विधि प्रयोग गरी छिटो सम्पन्न गर्यौं।’

अधिकांश निर्वाचन अधिकृतहरु आफ्ना सहयोगीहरुलाई काम गर्न निर्देशन दिन्छन्। तर, बाँस्तोला भने आफैँ खटिए। मतगणना गर्दा उनले एकदम स्वस्थ चार जना गणक छनोट गरे। ‘हामीले निर्वाचन भएको दिनकै साँझ लगभग ८ बजेतिर सुरु गरेका थियौँ। बिरामी कर्मचारीलाई मत गन्न लगाएर के गर्नु? एकछिनमै ढाड दुख्यो, टाउको दुख्यो भनेर नाटक देखाउन थालिहाल्छन्। मलाई फेरि काम गर्दा त्यस्तो मन पर्दैन। कि गर्दै नगर्ने, गरेपछि फत्ते गरेर मात्रै आराम गर्ने,’ बाँस्तोलाले भने।  

४३ हजार ९ सय ५४ मत ४३ घण्टामा गनिसकेको उनले बताए। गणनाको समयमा आफूले खटाएका कर्मचारीहरुले खाना खान पनि १० मिनेटभन्दा बढी समय नलिएको उनले सुनाए। ‘४३ घण्टामा मैले खटाएका कर्मचारीले खाना खान १० मिनेटभन्दा बढी लिएनन्। मलाई त झन् खाना सहयोगीले मतगणनास्थलमै ल्याइदिए, तपाईं यहाँ कार्यालयमा आएर जोकोहीलाई पनि सोध्न सक्नुहुन्छ,’ उनले भने। 

देशभरका निर्वाचन अधिकृतहरुले यतिबेला मतगणनालाई आफ्नो मुख्य जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बाँस्तोलाले बताए। अरुलाई निर्देशन दिनुभन्दा पनि आफैँ खटिएर जिम्मेवारी पूरा गर्नुपर्ने उनको सुझाव छ। ‘नेपालमा मजस्ता अफिसर कति होलान् र? म पो यस्तै भएँ र,’ बाँस्तोला भन्छन्। मतगणना कति छिटो गर्ने वा ढिलो गर्ने भन्ने कुरा निर्वाचन अधिकृतमै भर पर्ने उनले बताए। भने, ‘अफिसरले कसैलाई खुशी पार्न काम गर्ने होइन, आफ्नो जिम्मेवारी हो, खुरुखुरु गर्नुपर्छ। त्यहाँ कति जना खटाउने, कसरी खटाउने सबै उसकै हातमा हुन्छ।’

उनले आफ्नै उदाहरण दिँदै भने, ‘मेरो मतगणनास्थलमा म २ मिनेटको लागि पनि बाहिर निस्केको छैन। मेरो खाना, खाजा सबै यहीँ छ। अरु–अरु अफिसरहरु त एकछिन काम गर्ने, त्यसपछि एक घण्टा खाना समय भन्यो, त्यसको दुई घण्टापछि फेरि नास्ता समय भयो। यसरी त पाँच दिन होइन, दुई हप्ता नै लाग्छ।’

बाँस्तोला भक्तपुर नगरपालिकाको मतगणना सकेर पनि यत्तिकै बसिरहन सकेनन्। उनी फेरि चाँगुनारायाण नगरपालिकामा आफ्ना मित्र तथा निर्वाचन अधिकृतलाई सहयोग गर्न पुगिहाले। त्यहाँ पनि बाँस्तोलाकै सहयोगमा बुधबार (आज) मतगणना सकिएको छ। 

बाँस्तोला न्यायाधीश हुन्। उनको नेतृत्व र क्षमताले गर्दा नै उनी यसअघि सरकारबाट विभूषित भइसकेका छन्। अघिल्लो वर्ष कोभिडले देश थिलथिलो बनेको बेला कुनै पनि जिल्ला अदालतले दुई सयभन्दा बढी मुद्दा फर्छ्योट गर्न सकेका थिएनन्। तर बाँस्तोला मात्र थिए, जसले ६ सय मुद्दा फर्छ्योट गर्न सफल भएका थिए। 

प्रकाशित: May 18, 2022| 18:35 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...