मंगलबार, असार ९, २०८३

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। ओलीको सचिवालयका अनुसार उनको दाँतमा समस्या देखिएको हो।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। ओलीको सचिवालयका अनुसार उनको दाँतमा समस्या देखिएको हो। 

National life

स्वास्थ्य समस्या भएकै कारण ओली मंगलबार मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

चुनावी व्यस्तताका कारण उपचारका लागि नगएका ओलीलाई समस्या बढ्दै गएपछि मंगलबार अस्पताल गएको ओलीको सचिवालयले जनाएको छ।

सचिवालयका एक सदस्यले भने, 'मंगलबार अस्पताल जानु भएको थियो। अस्पतालबाट फर्किएर अहिले आराम गर्दैहुनुहुन्छ।' 

प्रकाशित: May 18, 2022| 18:28 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...