बुधबार, असार ३१, २०८३

आर्सनलका डिफेन्डर च्याम्बर फुल्हाममा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-फुल्हामले आर्सनलका डिफेन्डर कलुम च्याम्बरलाई अनुबन्ध गरेको छ । उनलाई फुल्हानले दुई बर्षको लोन सम्झौतामा अनुबन्ध गरेको हो । २३ बर्षीय च्याम्बर गत सिजन आर्सनलमै फर्केका थिए । 

उनी २०१६-१७ को सिजन लोनमा मिडिलस्बर्ग गएका थिए । उनले मिडिलस्बर्गबाट प्रिमियर लिगका २४ खेल खेले । गत सिजन मात्र उनले आर्सनलबाट प्रिमियर लिगका १२ खेल खेले ।

‘मैले पछिल्लो सिजनमा धेरै फुल्हाम देखे । मलाई वस्तवमा उनीहरुको खेल्ने तरिका मन परेका छ’ च्याम्बरले भने, ‘फुल्हाममा राम्रो प्रबन्धक छन् । क्लब राम्रो छ । त्यसैले म यो सिजनका लागि उत्साहित छु ।’

फुल्हमले शनिवार क्रिष्टल प्यालेससँग खेल्दै आफ्नो प्रिमियर लिग सिजनक शुरुवात गर्ने छ । च्याम्बरले जर्मनीका विश्वकप विजेता आन्द्रे सुर्रेल, स्वन्सेका डिफेन्डर अल्फाइ मावसन र न्युकास्टलका फरवाड एलेकजानदर मिटोभिकसँग खेल्ने छन् । उनीहरु यसै सिजन फुल्हाम पुगेका थिए । 

२०१२ बाट व्यावसाहिक फुटबल यात्रा शुरु गरेका च्याम्बरले प्रिमियर लिगमा सात सिजन बिताएका छन् । हाल सम्म प्रिमियर लिगका मात्र उनले ९४ खेल खेलेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।