काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ५ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेस ३ र राप्रपा र एमाले १–१ नगरपालिकामा निर्वाचित भएका छन्।
कांग्रेसले ४ नगरपालिकामा अग्रता कायम गरेको छ। कीर्तिपुर, तारकेश्वर र दक्षिणकाली नगरपालिका नेपाली कांग्रेस प्रमुख तथा उपप्रमुखमा समेत निर्वाचित भएको छ। कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ०४३ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार केशरत्न बज्राचार्यलाई ३ हजार ५३६ मतान्तरले पराजित गरेका हुन् । पराजित केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन् ।
तारकेश्वर नगरपालिकामा पनि नेपाली कांग्रेस प्रमुख तथा उपप्रमुख दुवैमा पद निर्वाचित भएको छ। यस नगरपालिका मेयरमा कृष्णहरि महर्जन ११ हजार ९९८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रामेश्वर बोहराले ७ हजार ८०८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका सृजना बुर्लाकोटी १० हजार ७८६ मत सहित निर्वाचित भएकी छन्। उनकी निकटम प्रतिद्धन्दी नेकपा एमालेकी भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन्।
दक्षिणकाली नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार मोहन बस्नेत ७ हजार २०१ मत सहित निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकाश्रीराम आचार्यले ५ हजार १९२ मत प्राप्त गरे।
काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी र उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन्। अधिकारीले नेपाली कांग्रेसकी रजनी थापालाई हराएका हुन्। अधिकारीले १७४ मतान्तर सहित निर्वाचित भएका हुन्। उनले १० हजार ३४० मत प्राप्त गरेका छन्। यसैगरी थापाले १० हजार १६६ मत प्राप्त गरिन। उपमेयरमा निर्वाचित तामाङले १० हजार १३२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन्।
शंखरापुर नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित निर्वाचित भएका छन्। उनले ४ हजार ७०० मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी ४ हजार २०२ मत प्राप्त गरेकी छन्। यसैगरी उपप्रमुखमा भने नेपाली कांग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएका छन्। उनले ६ हजार ३६२ मत प्राप्त गरेकी छन्। उनकी निकटम प्रतिद्धन्दी विजयकुमारी वाइवाले ३ हजार २९८ मत प्राप्त गरिन्।
कांग्रेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा उपेन्द्र कार्की र उपप्रमुखमा कांग्रेसकी शान्ता थापाले अग्रता कायम गरेका छन्। गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दिपकुकमार रिसाल र उपप्रमुखमा कांग्रेसकी शान्ति नेपालले अग्रता कायम गरेका छन्। चन्द्रगिरी नगरपालिकामा नेपली कांग्रेसका घनश्याम गिरी र एकालेकी उपप्रमुखमा वसन्ती श्रेष्ठले अग्रता कायम गरेका छन्। नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र उपप्रमुखमा नेकपा एमालकी शुशिला अधिकारीले अग्रता कायम गरेका छन्।
बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी र उपप्रमुखमा एमालेकी अनिता लामाले अग्रता कायम गरेका छन्।