बुधबार, असार ३१, २०८३

गोलकिपर किरण आज थाइल्यान्ड जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ आज (बुधबार) थाइल्यान्ड जाँदै छन् । एसियाड र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेलका लागि गत शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको थियो । 

तर, भिसा समस्याका कारण किरण टिमसँग जान पाएका थिएनन् । भिसा समस्या समाधान भएको र बुधबार ११ बजेपछि थाइल्यान्ड जाने तय भएको गोलरक्षक किरणले जानकारी दिए ।

माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायिक फुटबल खेलिरहेको किरण गत बुधबार नै काठमाडौं आएका थिए । थाइल्यान्ड प्रस्थान गरेसँगै किरण शुक्रबार थाइल्यान्डको यु–२३ टिमसँगको खेलमा उपलब्ध हुनेछ । 

तर, उक्त खेलमा टिममा रहने या नरहने प्रशिक्षकको हातमा रहने किरणले बताएका छन् । उक्त अभ्यास खेलपछि नेपाली टोली एसियाडका लागि जाकार्ता प्रस्थान गर्नेछन् । किरण एसियाड टोलीका कप्तान हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।