बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'राता मान्छे'का रित्ता मतपेटिका

अहिलेसम्मको मतपरिणामलाई विश्‍लेषण गर्दा भने नेकपाको शक्ति सोचेभन्दा पनि कमजोर देखिएको छ। विप्लवको गढ भनिएको रोल्पाको थवाङमा समेत आफ्नो विरासत जोगाउन नसक्दा यतिबेला नेकपालाई 'झट्का' लागेको छ।
 |  मंगलबार, जेठ ३, २०७९
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- पहिलो पटक स्थानीय निर्वाचनमा होमिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको पहिलो गाँसमै ढुंगा लागेको छ। निर्वाचन अघिल्लो दिनसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दाबी थियो- आफ्ना उम्मेदवारहरुले कम्तिमा रोल्पाका दुई गाउँपालिका र १० वडामा जित निकाल्ने छ। तर, परिणाम अनेपक्षित आयो। दुई पालिका जित्‍ने दाबी गरेको विप्लवको पार्टीले रोल्पामा पालिका जित्‍न सकेन। १० पालिका र ७२ वडा रहेका रोल्पामा नेकपाले एउटा वडाको नेतृ्त्व पनि आफ्नो पोल्टामा पार्न सकेन। 

triton college

त्यसो त विप्लवको गृह जिल्ला पनि मानिन्छ, रोल्पा। अझै विशेषत: थवाङ (ठूलो गाउँ, वडा नं १) त झन् नेकपाको गढ नै मानिन्छ। पार्टीको पछिल्लो महाधिवेशनसमेत काठामाडौंको खुलामञ्चमा उद्घाटन भएर बन्दसत्र थवाङमै सम्पन्‍न गरिएको थियो। विडम्बना विप्लवले विरासत जोगाउनै सकेनन्। 

विप्लवले जित पोल्टामा पार्न कतै एकल र कतै कांग्रेस-एमालेसँग तालमेल गरे। यद्पि हालसम्म विप्लवका उम्मेदवारले वडा नेतृत्वमा समेत पराजय व्यहोर्दै ५ वडा सदस्यमा चित्त बुझाउनु परेको छ।

थवाङ गाउँपालिका अध्यक्षको लागि नेकपाले कांग्रेस र एमालेसँग गठबन्धन गरेर स्वतन्त्र उम्मेद्वारको रुपमा दर्जित रोकामगरलाई अघि सारेको थियो। उनलाई नेकपा माओवादी केन्द्रका ऋषिकेश बुढाले करिब ६ सय मतान्तरले पराजित गरे। माओवादीका बुढाले २ हजार १२२ मत ल्याउँदा नेकपाका रोकामगरले १ हजार ५०६ मतमा चित्त बुझाउनु पर्‍यो। यस पालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकी शर्मिला बुढामगर विजयी भइन्। 

प्रकाशित: May 17, 2022| 21:54 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...