शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलौराकोटलाई विश्वसम्पाद सूचीमा सूचीकृत गर्ने प्रक्रिया सुरु

तिलौराकोटलाई विश्वसम्पाद सूचीमा सूचीकृत गर्ने प्रक्रिया सुरु

कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचिन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्‍ने प्रक्रिया पुरातत्व विभागले अघि बढाएको हो।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

बुटवल- कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचिन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्‍ने प्रक्रिया पुरातत्व विभागले अघि बढाएको हो।  

National life

सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको सुरुआत गरिएको थियो। तर २४ वर्षपछि ठोस रूपमा कदम चालिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए। तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने विषयमा मंगलबार र बुधबार दुई दिने छलफल तथा गोष्ठी लुम्बिनीमा सञ्चालन भएको छ। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष  भिक्षु मेत्तेय्यको अध्यक्षतामा भएको गोष्ठी तिलौराकोट, कपिलवस्तु प्राचिन सहर विषयमा पुरातत्वविद् रबिन कनिङ्ग हमले कार्यपत्र प्रस्तुत गरेका थिए।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोट कपिलवस्तुको जग्गाको अवस्था विषयमा युकिन निसिमुरा र टेकुफुमी कुरस ले तयार पारेको कार्यपत्र काइवाइज प्रस्तुत गरिएको छ। पुरातत्वविद् बसन्त बिडारीले तिलौराकोट कपिलवस्तुको ऐतिहासिक परिचय र क्रिस्टोपु कपरले १४ औं शताब्दि अगाडिको कपिलवस्तु तिलौराकोट विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

पुरातत्व विभागले प्रस्तुत गरेको यो कार्यपत्रले अब छिट्टै नै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। 

Laxmi sunrise bank
kumari

विश्वमा अहिलेसम्म एक हजार १ सय २१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन्। नेपालले १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो। 


प्रकाशित: May 17, 2022| 19:51 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।