काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ११ हजार ७ सय ७७ मत ल्याएका छन्।
आज साँझ ५ बजेसम्मको तथ्यांक अनुसार उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितलाई ५ हजार ४५४ मतले पछाडि पारेका छन्। स्थापितले ६ हजार ३२३ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५ हजार ५४८ मत पाएकी छन्। अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। यी सबै वडामा बालेनले नै बढी मत पाइरहेका छन्।