ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका प्रत्यासी चिरीबाबु महर्जनले ८ हजार ५३४ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले ३ हजार ७८५ मत ल्याएर पछ्याइरहेका छन्।
हालसम्म ललितपुर महानगरपालिकाका वडा नम्बर १, २, ३ को ३२ सय, वडा नम्बर ६ को १ हजार र वडा नम्बर ७ को ७ सय मत गनिएको छ। यसैगरी उपमेयरमा मन्जली शाक्य बज्राचार्यले ४ हजार ३३५ मत ल्याउँदा उनलाई माओवादीका बाबुराज आचार्यले २ हजार ७९४ मत ल्याएर पछ्याइरहेका छन्।