सोमबार, वैशाख ८, २०८२

प्रदेश १ का मुख्यमन्त्रीको जिल्लामा नेकपा एस 'निल'

प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईको गृहजिल्ला भोजपुरमा नेकपा एकीकृत समाजवादी निल भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईको गृहजिल्ला भोजपुरमा नेकपा एकीकृत समाजवादी निल भएको छ। जिल्लाका सबै ९ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। 

९ पालिकाका कुनै पनि प्रमुख पद (प्रमुख, उपप्रमुख, वडाध्यक्ष)मा नेकपा एसले जित निकाल्न सकेन। जिल्लाका केही पालिकामा सत्तारुढ गठबन्धनका दलबीच तालमेल पनि भएको थियो। तालमेलका आधारमा नेकपा एसले भोजपुर नगरपालिकामा उपाध्यक्ष र टेम्के मैयुङ गाउँपालिकामा उपाध्यक्ष पाएको थियो। तर, दुवै उम्मेदवार पराजित हुन पुगे।

भोजपुर नगरपालिकामा रुख चुनाव चिन्ह लिएर उपमेयर लडेकी ममिता राई एमालेकी निर्मला शेर्पासँग पराजित भइन्। यस्तै टेम्के मैयुङमा उपाध्यक्ष लडेकी इन्द्रावती राई नेकपा एमालेकै रमादेवी राईसँग पराजित भइन्। मुख्यमन्त्रीको गृह नगर षडानन्द नगरपालिकाको मेयरमा एमालेका सुरेन्द्र उदास निर्वाचित भएका छन्।

प्रकाशित: May 17, 2022| 16:53 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।