बिहीबार, साउन २८, २०८३

विराटनगरमा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस केन्द्रीय सदस्य

मंगलबार बिहान अन्सारीकै घरमा पुगेका कार्यकर्ताले उनी माथि हातपात गरेका थिए।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी आफ्नै कार्यकर्ताबाट कुटिएका छन्।  वडाध्यक्षका उम्मेदवार पराजित भएपछि अक्रोशित कार्यकर्ताले केन्दीय सदस्य अन्सारीमाथि हातपात गरेका हुन्। मंगलबार बिहान अन्सारीकै घरमा पुगेका कार्यकर्ताले उनी माथि हातपात गरेका थिए। 

विराटनगर महानगरपालिका– १७ मा कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट आलमले विराटनगर–१५ को अध्यक्ष जितेका थिए। तर, अहिले उनी कांग्रेस प्रवेश गरेर वडा नम्बर १७ को उम्मेदवार बनेका थिए। आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका छन्। 

आलम हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यकर्ताले हातपात गरेपछि अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताएका छन्।

प्रकाशित: May 17, 2022| 14:25 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...