मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रारम्भिक मत परिणामले नेकपा एस 'चिन्तित', अध्यक्ष भन्छन्- गठबन्धनका सदस्यले सहकार्य चाहेनन्

प्रारम्भिक मत परिणामले नेकपा एस 'चिन्तित', अध्यक्ष भन्छन्- गठबन्धनका सदस्यले सहकार्य चाहेनन्

स्थानीय तह निर्वाचनमा गठबन्धन दलका सदस्यहरूले आफ्नो दललाई भोट नहालेको उनको टिप्पणी छ। गठबन्धनका घटकहरूले सहकार्य गर्न नचाहेको उनको भनाइ छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्

National life

स्थानीय तह निर्वाचनमा गठबन्धन दलका सदस्यहरूले आफ्नो दललाई भोट नहालेको उनको टिप्पणी छ। गठबन्धनका घटकहरूले सहकार्य गर्न नचाहेको उनको भनाइ छ।

‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं,' उनले भने, 'गठबन्धनको पनि समीक्षा हामी गर्नेछौं। समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्‍यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन।' यद्यपि धेरै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। 

‘गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरू होलान्’, उनले भने, ‘अरूका आफ्नै गुनासाहरू होलान्। जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ। यो पार्टीलाई जनताको माझमा क्रियाशील गर्नुपर्ने छ।’


प्रकाशित: May 17, 2022| 14:16 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...