आइतबार, वैशाख ७, २०८२

लुम्बिनीमा मोदीका ६ घण्टा

मोदीले नेपाल-भारतको संस्कार र परम्परामा समेत उस्तैउस्तै रहेको चर्चा गरेका थिए। समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामै बोलेर कार्यक्रममा सहभागीहरूको ताली लिएका थिए।
 |  सोमबार, जेठ २, २०७९
nespernesper

विनोद परियार

विनोद परियार

सोमबार, जेठ २, २०७९

vianetvianet
triton college
National life insurance

बुटवल- भारतीय प्रधानमन्त्रीको स्वागतका लागि अघिल्लो दिन नै प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री र सरकारी उच्च अधिकारी लुम्बिनी आइसकेका थिए। लुम्बिनीका विभिन्न प्रवेशद्वारमा मोदीको स्वागतका लागि गेट तयार थिए। मायादेवी मन्दिर पनि चिटिक्क पारिएको थियो। बुद्धजयन्तीकै अवसर पारेर मोदीको लुम्बिनी भ्रमण गरे। 

बुद्धजयन्तीलाई लुम्बिनीमा त्यसै पनि भव्य रुपमा मनाउने गरिन्छ। त्यसमा पनि नेपाल-भारतका प्रधानमन्त्रीको भ्रमण भएकाले थप सिँगारिएको थियो। यसले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई थप भव्य देखियो। 

विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी हो। बेलाबेलामा बुद्धजन्मस्थलबारेमा विवादास्पद अभिव्यक्ति दिने मोदीले भ्रमण गर्ने भएपछि चासोका साथ हेरिएको थियो। मोदीको अभिव्यक्तिका विषयमा उत्सुकता थियो। यसपालिको लुम्बिनी भ्रमणमा मोदीले बुद्धको जन्मस्थल नेपालमा नै पर्नेबारे आफू स्पष्ट भइसकेको सन्देश दिएर फर्केका छन्। ५ हजार मानिस अट्ने क्षमता रहेको अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन केन्द्र र ध्यानकेन्द्रमा आयोजित बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै मोदीले सुरुमा नै, ‘वैशाख पूर्णिमाकै दिन भगवान बुद्धको पवित्र जन्थलोमा आउने अवसर पाएँ, यो मेरो लागि जीवनकै अविस्मरणीय हुनेछ।’

प्रकाशित: May 16, 2022| 22:13 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...