मंगलबार, असार ९, २०८३

यी हुन् एमालेले जितेका ५४ पालिका [सूचीसहित]

प्राप्त नतिजाअनुसार ७० पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ भने ५४ पालिका प्रमुख जितेर एमालेले कांग्रेसलाई पछ्याइरहेको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं- वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत परिणाम प्राप्त हुने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म १६८ स्थानको नतिजा प्राप्त भएको छ। 

National life

प्राप्त नतिजाअनुसार ७० पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ भने ५४ पालिका प्रमुख जितेर एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। 

नेकपा (माओवादी केन्द्र)ले ३७ स्थान जितेर तेस्रो स्थानमा छ। 

यस्तै अन्य दल तथा स्वतन्त्रले ५ स्थानमा  विजयी भएका छन्। नेकपा एसले २ स्थानमा जित हासिल गरेको छ।

यस्तै उपाध्यक्ष/उपमेयरमा भने  नेपाली कांग्रेसले ७० स्थानमा जित हासिल गरेको छ। एमालेले ५२ स्थान जित्दा माओवादीले ३० स्थानमा जितेको छ। नेकपा एसले ८ स्थानमा  उपाध्यक्ष/उपप्रमुख पद जित्दा अन्य दलका उम्मेदवारले ४ स्थानमा जितेका छन्। जसपाले २ स्थानमा जितेको छ। 

Shivam cement

मतगणना जारी भएका स्थानमध्ये २४६ स्थानको प्रमुख/मेयर  पदमा कांग्रेसले अग्रता बनाएको छ। एमालेले १२९ स्थान, माओवादीले ७८ स्थान र अन्यले २२ स्थानमा अग्रता बनाएका छन्। 

यस्तै नेकपा एसले १८, जसपाले २९ र लोसपाले १२ स्थानमा अग्रता बनाएको छ। 

उप्रमुख/उपमेयर पदमा भने कांग्रेसले २०७ स्थानमा अग्रता बनाएको छ। एमालेले १६२ स्थानमा अग्रता बनाउँदा माओवादी ९४ स्थानमा अघि छ। यस्तै नेकपा एस १४ स्थानमा अघि छ भने अन्य दलका उम्मेदवाार १६ स्थानमा अगाडि छन्। जसपाले २७ उपप्रमुख/उपमेयरमा  अग्रता बनाउदा लोसमा ९ स्थानमा अघि छ। गणना जारी रहेकाले अग्रता तलमाथि पर्ने क्रम पनि जारी छ।

नेकपा एमाले विजयी भएका पालिकाः

इलामको माङसेबुङ गाउँपालिकाः हेमन्त राई

धनकुटाको चौबिसे गाउँपालिकाः राजकुमार लिम्बु

भोजपुरको पौवादुङ्मा गाउँपालिकाः किरण राई

भोजपुरको हतुवागढी गाउँपालिकाः प्रेमकुमार राई

तह्रथुमको छथर गाउँपालिकाः सन्तवीर लिम्बु

तेह्रथुमको मेन्यायेम गाउँपालिकाःयादवबहादुर खापुङ्ग

तेह्रथुमको मम्याङलुङ गाउँपालिकाः सञ्जयकुमार तुम्वाहाङफे

खोटाङको ऐसेलुखर्क गाउँपालिकाःगीरेन्द्रबहादुर राई

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाःमिङमा छिरी शेर्पा

म्याय दूधकोशी गाउँपालिकाः बुद्धिकिरण राई

सिराहको भगवानपुर गाउँपालिका–उग्रनारायण यादव

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–कृष्णमान लामा

रसुवाको उत्तरगयागाउँपालिका–माधवप्रसाद अर्याल

रसुवाको गोसाईकुण्ड गाउँपालिकाः कैसाङ नुर्पु तामाङ

मकवानपुरको इन्द्र सरोवरः देवकृष्ण पुडासैनी शर्मा

मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा

तनहुँको घिरिङ गाउँपालिका–होमबहादुर थापा

तनहुँको म्याग्दे गाउँपालिकाः श्रीप्रसाद क्षेष्ठ

स्याङगाको कालीगण्डकी गाउँपालिकाः खिमबहादुर थापा

स्याङजाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी

स्याङजाको  हरीनास गाउँपालिकाः खिमनारायण मानान्धर

कास्कीको रुपा गाउँपालिकाः  नवराज ओझा

मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले 

मुस्ताङको थासाङ गाउँपालिका–प्रदिप गौचन

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट

मुस्ताङको लोमन्थाङ गाउँपालिका–टसी न्हर्वु गुरुङ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः रिङजिन नामगेल गुरूङ

म्याग्दीको मंगला गाउँपालिका–सतप्रसाद रोका

म्याग्दीको मालिका गाउँपालिका–बेगप्रसाद गर्बुजा

नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–दिपेन्द्र सुनारी

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–प्रकास ओझा

गुल्मीको छत्रकोट गाउँपालिका–रामप्रसाद पाण्डेय

गुल्मीको सत्यवती गाउँपालिका–टीकाराम पाण्डे

पाल्पाको तिनाउ गाउँपालिका–प्रेम श्रेष्ठ

पाल्पाको निस्दी गाउँपालिका–मुक्तबहादुर सारु

पाल्पाको पूर्वीखोला गाउँपालिका–नुनबहादुर थापा

पाल्पाको  माथागढी गाउँपालिका–यमबहादुर चिदी

अर्घखाचिको पाणिनी नगरपालिका–टेकराज न्यौपाने

प्युठानको सरुमारानी गाउँपालिका–झगबहादुर विश्वकर्मा

दैलेखको गुराँस गाउँपालिका–टोपबहादुर बीसी

दैलेखको डुंगेश्वर गाउँपालिका–सुन्दरकुमार केसी

डोल्पाको से फोक्सुण्डो गाउँपालिका–धावा सम्डुक गुरुङ

बाजुराको गौमुल गाउँपालिका–हरिबहादुर रोकाया

बझाङको थलारा गाउँपालिका–प्रकाश बहादुर रोकाय

बझाङको साइपाल गाउँपालिका–मानवीर बोहरा

डोटीको जोरायल गाउँपालिका–दुर्गा दत्त ओझा

कैलालीको चुरे गाउँपालिका–चक्रबहादुर बोगटी

कञ्चनपुरको लालझाडी गाउँपालिका–निर्मल राना

बैतडीको पन्चेश्वर गाउँपालिका–गोरखबहादुर चन्द

दार्चुलाको  दुहुँ गाउँपालिका–नरेन्द्रबहादुर सिंह बडाल

दार्चुलाको महाकाली नगरपालिका–नरसिंह चैंसिर

दाुर्चलाको मालिकार्जुन नगरपालिका–हिरासिंह धामी

दार्चुलाको शैल्यशिखर नगरपालिका–विजयसिंह धामी

 


प्रकाशित: May 16, 2022| 19:56 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...