बिहीबार, चैत १२, २०८२

बार्सिलोनाको प्रशिक्षणमा स्वारेज र काउटिन्हो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- लुइस स्वारेज र फिलिप्पे काउटिन्होलगायत क्लबका अन्य केहि स्टार खेलाडी विश्व कपपछि पहिलो पटक सोमबार बार्सिलोनाको प्रशिक्षणमा सहभागी भएका छन्। इभान राकिटि, सामुइल उम्टिटी, यरी मिना र थोमस भेर्मेलेन विश्व कपपछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन्।
 
त्यस्तै लियोनल मेस्सी, मार्क आन्द्रे टर स्टेगन, जेरार्ड पिके, सर्जियो बुस्केट, ओसमाने डेम्बेले, जोडी अल्बा, सिर्जी साम्पेरसहितका खेलाडीले केहि दिन अघि मात्र अभ्यासमा सहभागीता जनाएका थिए। मेस्सी र स्वारेजले गत सिजन ला लिगामा ५९ गोल गरेका थिए। 

बार्सिलोना युवा खेलाडी लिएर अमेरिका भ्रमणमा निस्केको थियो। जहाँ टोलीले इंग्लिस टोली टोटेनह्यामसँग २-२ को बराबरी खेलेको थियो। त्यसअघि बार्सिलोना रोमा र एसी मिलानसँग पराजित भएको थियो। टोलीका केही महत्वपूर्ण सदस्य आइतबार सेभिल्लासँग हुने स्पेनिस सुपर कपमा खेल्ने अपेक्षा गरिएको थियो।

त्यसपछि टोलीले अगस्ट १५ गते बोका जनियरर्ससन्ग जोहान गाम्पेर ट्रफीमा प्रतिस्पर्धा गर्नेछ । त्यसको तीन दिनपछि ला लिगा सिजनको सुरुवातको खेलमा बार्सिलोनाले घरेलु मैदानमा अल्भेसको सामना गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।