बिहीबार, साउन २८, २०८३

बालेनको मत ७५ सय कट्दा कुन वडामा कसको कति?

काठमाडौं महानगरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) को मत ७ हजार ७ सय ७१ पुगेको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– काठमाडौं महानगरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) को मत ७ हजार ७ सय ७१ पुगेको छ।

साँझ ६ बजेसम्मको अपडेटअनुसार बालेन एमाले उम्मेद्वार केशव स्थापितभन्दा ३६ सय मतले अगाडि छन्। स्थापितको मत ४ हजार ११३ छ भने तेश्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहको ३ हजार ५७३ पुगेको छ। 

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ। वडा नम्बर १ र २ को भने मतगणना सकिएर परिणाम नै आइसकेको छ। दुवै वडामा बालेनले नै धेरै मत ल्याएका छन्। वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याए भने वडा नम्बर २ मा २१२० मत ल्याएका छन्। 

यस्तै वडा नम्बर ३ मा बालेनले १२३८ मत ल्याउँदा स्थापितले  ६६३ र सिंहले ६११ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले १५३९ मत प्राप्त गर्दा स्थापितले ७४५ र सिंहले ६३६ मत प्राप्त गरेकी छन्। वडा नम्बरमा ५ मा बालेनको ५५५ मत आउँदा स्थापितको ३५७ र सिर्जनाको २५६ पुगेको छ। 

वडा नम्बर ३१ मा भने बालेनले ६९५ मत ल्याउँदा स्थापितको ४२१, सिर्जनाको ४०० मत छ। वडा नम्बर ३२ मा बालेनको मत अत्याधिक देखिन्छ। उनले  १६४३ मत ल्याउँदा स्थापितको ७६६ र सिंहको ६५० पुगेको छ।

प्रकाशित: May 16, 2022| 18:41 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...