बिहीबार, साउन २८, २०८३

काठमाडौं–६ मा पनि बालेनले लिए अग्रता

पछिल्लो पटक सुरु भएको काठमाडौं महानगरको नयाँ वडाको मत गणनामा पनि बालेन शाहले अग्रता लिएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– पछिल्लो पटक सुरु भएको काठमाडौं महानगरको नयाँ वडाको मत गणनामा पनि बालेन शाहले अग्रता लिएका छन्।

सुरुमा एमालेका केशव स्थापित झिनो मतान्तरले अगाडि देखिएका भए पनि अहिले बालेनले उनले उछिनेका छन्। बौद्ध आसपास पर्ने वडा नम्बर ६ को मतगणनाको प्रारम्भिक अपडेटअनुसार बालेनले ७२ मत ल्याएका छन्।

दोस्रोमा ४२ मतसहित नेपाली कांग्रेसी सिर्जना सिंह छिन् भने तेस्रोमा एमालेका स्थापितले ३४ मत ल्याएका छन्। 

यो वडामा अघिल्लो स्थानिय चुनावमा नेपाली कांग्रेसले ३६१५ मत ल्याएर वडाअध्यक्ष जितेको थियो। प्रतिष्पर्धी एमालेका उम्मेद्वारले ३००६ मत प्राप्त गरेको थिए। 

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ। वडा नम्बर १ र २ को भने मतगणना सकिएर परिणाम नै आइसकेको छ। दुवै वडामा बालेनले नै धेरै मत ल्याएका छन्। वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याए भने वडा नम्बर २ मा २१२० मत ल्याएका छन्। 

यस्तै वडा नम्बर ३ मा बालेनले १२०४ मत ल्याउँदा स्थापितले  ६३९ र सिंहले ५९५ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले १४६८ मत प्राप्त गर्दा स्थापितले ६८७ र सिंहले ६०३ मत प्राप्त गरेकी छन्। वडा नम्बरमा ५ बालेनको ४७८ मत आउँदा स्थापितको ३०६ र सिर्जनाको २१८ छ। 

वडा नम्बर ३१ मा भने बालेनले ६०७ मत ल्याउँदा स्थापितको ३८९, सिर्जनाको ३५४ मत छ। वडा नम्बर ३२ मा बालेनको मत अत्याधिक देखिन्छ। उनले  १५६२ मत ल्याउँदा स्थापितको ७२८ र सिंहको ६२२ मत छ।

प्रकाशित: May 16, 2022| 17:13 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...