मंगलबार, असार ९, २०८३

एमालेले बजेट अधिवेशन पनि अवरुद्ध गर्ने

बजेट अधिवेशन सुरु हुनु एक दिनअघि आज सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् भवनको अवलोकन गरे। त्यसक्रममा उनले बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपिल समेत गरेका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि मंगलबारदेखि संघीय संसद्को बजेट अधिवेशन बोलाएकी छिन्। बजेट अधिवेशन सुरु हुनु एक दिनअघि आज सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् भवनको अवलोकन गरे। त्यसक्रममा उनले बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपिल समेत गरेका छन्। 

National life

उनले नेकपा एमालेलाई बजेट अधिवेशनमा सहभागी जनाएर छलफल गर्न आग्रह गरे। एमालेले भने बजेट अधिवेशन पनि अवरुद्ध गर्ने भएको छ। एमाले महासचिव शंकर पोखरेलले संघीय संसद्को विषयमा आफूहरुको अडान पहिलेकै रहेको बताए। ‘संसद्को बारेमा के गर्ने भन्ने विषयमा हामीले केही निर्णय गरेका छैनौं। बजेट अधिवेशनको बारेमा पनि पार्टीमा कुनै कुरा भएको छैन। स्थानीय चुनावको मतपरिणाम र यसको समीक्षापछि मात्र संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्छौं,’ उनले नेपाल समयसँग भने। 

आफ्नो पार्टीले अघि सारेका माग अहिलेसम्म पनि पूरा नभएकोले अवरोध जारी रहने संकेत उनले गरेका छन्। गएको हिउँदे अधिवेशन एमालेले पहिलो दिनदेखि अवरुद्ध गरेको थियो। एमालेको अवरोधकै बीच हिउँदे अधिवेशन सकिएको थियो।

यता सभामुख सापकोटाले भने संसदमा उपस्थित भएर बजेटबारे छलफल गर्नका लागि कानुनमन्त्रीमार्फत प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको सोमबार भ्रमणका क्रममा बताएका छन्। जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संविधानमा नै व्यवस्था भएकोले बजेट ल्याउनका लागि सबै राजनीतिक दलहरुले सहयोग गर्ने अपेक्षा रहेको पनि सभामुख सापकोटाले बताए। 

बजेट अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, बजेट प्रस्तुत गर्ने र छलफल गरी पास गर्ने काम हुन्छ। बजेट अधिवेशनमा बजेटकै कुरामा मात्र संसदको ध्यान जाने र अन्य विषयमा भने बजेट पारित भइसकेपछि मात्र छलफल हुने सभामुख सापकोटाले बताए।

Shivam cement

प्रकाशित: May 16, 2022| 16:37 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...