बिहीबार, साउन २८, २०८३

केशव स्थापितभन्दा ३५ सय मतले अगाडि बालेन

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन)ले मतान्तर झन् बढाएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन)ले मतान्तर झन् बढाएका छन्।

पछिल्लो अपडेट अनुसार उनी एमालेका प्रतिष्पर्धी उम्मेद्वार केशव स्थापित भन्दा ३५ सय मतले अगाडि छन्। बालेनले ७३३९ मत ल्याउँदा स्थापितको मत ३८६२ पुगेको छ। स्थापितलाई पछ्याइरहेकी कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहको मत भने ३३५८ छ। 

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ।  वडा नम्बर १ र २ को भने मतगणना सकिएर परिणाम नै आइसकेको छ। दुवै वडामा बालेनले नै धेरै मत ल्याएका छन्। वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याए भने वडा नम्बर २ मा २१२० मत ल्याएका छन्। 

यस्तै वडा नम्बर ३ मा बालेनले १२०४ मत ल्याउँदा स्थापितले  ६३९ र सिंहले ५९५ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले १४६८ मत प्राप्त गर्दा स्थापितले ६८७ र सिंहले ६०३ मत प्राप्त गरेकी छन्। वडा नम्बरमा ५ बालेनको ४७८ मत आउँदा स्थापितको ३०६ र सिर्जनाको २१८ छ। 

त्यस्तै भर्खरै गणना सुरु भएको वडा नम्बर ६ मा स्थापित अगाडी देखिएका छन्। उनले २० मत ल्याउँदा त्यहाँ सिंहको १८ र बालेनको १७ मत पुगेको छ। 

वडा नम्बर ३१ मा भने बालेनले ६०७ मत ल्याउँदा स्थापितको ३८९, सिर्जनाको ३५४ मत छ। वडा नम्बर ३२ मा बालेनको मत अत्याधिक देखिन्छ। उनले  १५६२ मत ल्याउँदा स्थापितको ७२८ र सिंहको ६२२ मत छ।

प्रकाशित: May 16, 2022| 15:44 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...