काठमाडौं- युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलेग्रीले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी विश्वका दुई उत्कृष्ट खेलाडी भएको बताएका छन्। उनले अब क्लबमा नयाँ सिजनका लागि खेलाडी नथप्ने घोषणा गर्दै यसो बताएका हुन।
प्रि-सिजनका दौरान टोलीका केहि युवा खेलाडीबाट प्रभावित भएका एलेग्रीले भने, ‘मैले जे चाहन्छु क्लबले त्यहि गर्नेछ। अब थप सम्झौता हुने छैन। अब हामी प्रतिस्पर्धाका लागि तयार छौं। जति खेलाडी छन् त्यसका आधारमा म सिजन सुरुवातको प्रतिक्षामा छु।’
उनले रोनाल्डोलाई प्रशिक्षण गर्न पाउनु आफ्नो लागि पनि गर्वका विषय भएको उल्लेख गर्दै भने, ‘उनी र मेस्सी विश्वका उत्कृष्ट खेलाडी हुन् । हामीसँग दुईटा पोजिसनका लागि ५ जना खेलाडी छन्। सिजन प्रतिस्पर्धात्मक हुनेछ, त्यसैले हामीलाई सबै खेलाडीको उत्तिकै जरुरी हुन्छ।’ अमेरिका भ्रमणमा केहि युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले अमेरिका भ्रमणका विषयमा भने, ‘हाम्रो परिक्षणका लागि यी खेल महत्वपूर्ण थिए । हामी दुई उत्कृष्ट टोलीसँग खेल्यौं। नयाँ सिजन अघि हामीले यहाँ चार वटा खेल खेल्यौं।’
एलेग्रीले थपे, ‘हाम्रो लागि आफ्नो क्षमता परिक्षण गर्ने र अनुभव बटुल्ने अवसर थियो ।’ भ्रमणका दौरान युभेन्ट्स रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग ३–१ ले पराजित भएको थियो। रोनाल्डो भने त्यो समय टुरिनमै रहेर टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरिरहेका थिए । किइभोसँग खेल्दै युभेन्ट्सले यसपटकको सिजनको सुरुवात गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४