मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भक्तपुर नगरपालिकामा प्रजापति र जोशी भारी मतले पुनः निर्वाचित, सबै वडामा नेमकिपाको 'क्लिनस्वीप'

भक्तपुर नगरपालिकामा प्रजापति र जोशी भारी मतले पुनः निर्वाचित, सबै वडामा नेमकिपाको 'क्लिनस्वीप'

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्। उनीहरु दुवै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 

National life

भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको छ। 

मेयरका उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छन्।

मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ र नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन्। त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाएका छन्।

प्रकाशित: May 16, 2022| 13:09 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...