बिहीबार, साउन २८, २०८३

बालेन ३२ सय मतले अगाडि, स्थापितलाई भेट्न खोज्दै सिर्जना

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) एमालेका केशव स्थापितभन्दा ३२ सय मतान्तरले अगाडि देखिएका छन्। पछिल्लो अपडेटअनुसार बालेनको मत ६ हजार ८९३ पुग्दा स्थापितको ३ हजार ६४४ मात्रै छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) एमालेका केशव स्थापितभन्दा ३२ सय मतान्तरले अगाडि देखिएका छन्। पछिल्लो अपडेटअनुसार बालेनको मत ६ हजार ८९३ पुग्दा स्थापितको ३ हजार ६४४ मात्रै छ।  

तेश्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने स्थापितलाई भेट्न खोजिरहेकी छिन्। उनको पछिल्लो मत ३ हजार २०८ छ। स्थापित र सिंहबीच अहिलेसम्म दोश्रो स्थानमा प्रतिष्पर्धा भइरहेको छ। 

अहिले वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ। ४ वटै वडाको मतगणनामा अहिलेसम्म बालेनले लिड गरिरहेका छन्। वडा नम्बर १ र २ को भने मतगणना सकिएर परिणाम नै आइसकेको छ। दुवै वडामा बालेनले नै धेरै मत ल्याएका छन्। वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याए भने वडा नम्बर २ मा २१२० मत ल्याएका छन्। 

यस्तै वडा नम्बर ३ मा बालेनले ११०८ मत ल्याउँदा स्थापितले ५९२ र सिंहले ५४८ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले १४०२ मत प्राप्त गर्दा स्थापितले ६४३ र सिंहले ५६४ मत प्राप्त गरेकी छन्। वडा नम्बरमा बालेनको ३५४ मत आउँदा स्थापितको २५८ र सिर्जनाको १८० छ। 

त्यस्तै वडा नम्बर ३१ मा बालेनले ५६७ मत ल्याउँदा स्थापितको ३७०, सिर्जनाको ३७८ छ। वडा नम्बर ३२ मा बालेनको मत अत्याधिक देखिन्छ । उनले  १४५९ मत ल्याउँदा स्थापितको ६८८ र सिंहको ५९० मत छ।

प्रकाशित: May 16, 2022| 13:04 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...