काठमाडौं- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी भएको छ। गाँउपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी भएका हुन्।
मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई पराजित गरेका हुन्। मिनबहादुरले ७ हजार ९९ मत ल्याउँदा विक्रमले ६ हजार ६१७ मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारीले ६ हजार ३७६ मत ल्याएर विजयी भएकी छन्। उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन्।