मंगलबार, असार ९, २०८३

भरतपुर महानगर-२ मा पनि कांग्रेस विजयी

चितवनको भरतपुर महानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। वडाध्यक्षमा निर्वाचित कांग्रेसका मनोज रानाभाटले एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गरेका हुन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। वडाध्यक्षमा निर्वाचित कांग्रेसका मनोज रानाभाटले एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गरेका हुन्।

National life

एमालेका केसीले २ हजार ५८ मत ल्याउदा  रानाभाटले २ हजार १०५ मत ल्याएका थिए। वडाध्यक्ष कांग्रेसले जितेपनि वडा सदस्यको सबै पदमा भने एमाले विजयी भएको छ। 

यसअघि भरतपुर-१ मा पनि कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका थिए।

महानगरपालिकामा अहिलेसम्म  ८ हजार ८५ मत गणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ९१८ मत ल्याएकी छन्। एमालेका विजय सुवेदीले २ हजार ९१५ मत प्राप्त गरेका छन्।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९ सय २४ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले ३ हजार १९६ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले २ हजार ३१६ मत प्राप्त गरेकी छन्।

Shivam cement

प्रकाशित: May 15, 2022| 23:31 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...