मंगलबार, माघ ६, २०८२

लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

इंग्लिस प्रिमियर लिग (ईपीएल) र एफ कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेस्टर सिटीले जितेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) र एफ  कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेस्टर सिटीले जितेको छ।

National life

पछिल्लो सिजनमा ईपीएलमा म्यानचेस्टरले उपाधि जितेको थियो। यता एफ ए कपको फाइनलमा चेल्सीलाई हराउँदै लेस्टर सिटीले उपाधि जितेको थियो।

त्यसैले यि दुई विजेताबीच कम्युनिटी शिल्ड खेल हुने पूर्व निर्धारित थियो। शनिबार राति वेम्बली रंगशालामा भएको खेलमा लेस्टरले म्यानचेस्टर सिटीविरुद्ध १–० गोलको जित निकालेको हो।

लेस्टरको जितका लागि केलेची ह्युनाचोले गोल गरेका थिए। खेलको ८९ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि हिनाचोले त्यसको सदुपयोग गर्दै गोल गरेका थिए।

यो उपाधिले लेस्टरका समर्थकलाई अर्को आनन्द दिएको छ। २०१६ को अपत्यारिलो लिग उपाधि, गएको सिजनमा पनि विश्वास गर्न नसकिने एफए कप उपाधि र सिजनअघि अहिलेको कम्युनिटी शिल्डले लेस्टरलाई शक्ति प्रदान गरेको छ। लेस्टरका समर्थकका लागि यि उपाधि कल्पना गरेभन्दा केही बाहिरको पनि मानिएको छ।

Laxmi sunrise bank
kumari

यता खेलमा ५७ प्रतिशत समय बलमा पकड बनाएको म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा १२ प्रहार गरे पनि सबै प्रयास विफल भएका थिए।

सिटीले रेकर्ड मूल्यमा अनुबन्ध गरेका ज्यान गियरलिसलाई खेलको ६५ औं मिनेटमा डेब्यूको अवसर दिए पनि उनले नजितामा बदलाब ल्याउन सकेनन्।

प्रकाशित: Aug 08, 2021| 06:43 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।