बिहीबार, वैशाख २०, २०८१

मोदीको लुम्बिनी भ्रमणका आयाम

भारतीय प्रधानमन्त्री मोदीले यसअघिका भ्रमणहरुलाई हिन्दूहरुको आस्थाका केन्द्रहरु पशुपतिनाथ, जनकपुरधामको रामजानकी र मुस्ताङमा रहेको मुक्तिनाथमा केन्द्रित गरेका थिए। यसपटकको भ्रमण भने प्रधानमन्त्री मोदीले विश्‍वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा केन्द्रित गरेका छन्।
 |  सोमबार, जेठ २, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, जेठ २, २०७९

काठमाडौं- भ्रमणको उद्घोष गरेको आठ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आउँदैछन्। २०७१ मा सार्कको १८औं शिखर सम्मेलनका बेला काठमाडौं ओर्लिएका प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमण गर्ने घोषणा गरेका थिए। 

triton college

त्यसअघि प्रधानमन्त्रीका रूपमा पहिलो पटक २०७१ साउन दोस्रो साता नेपाल भ्रमणमा आएका मोदी दोस्रो पटक सोही वर्षको मंसिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा २०७५ वैशाख अन्तिम साता नेपालको दुई दिने औपचारिक भ्रमण गरेका थिए। मोदी त्यही वर्षको भदौ १४ र १५ मा भएको चौथो बिमस्टेक सम्मेलनका क्रममा नेपाल आएका थिए।

भारतीय प्रधानमन्त्री मोदीले यसअघिका भ्रमणहरुलाई हिन्दूहरुको आस्थाका केन्द्रहरु पशुपतिनाथ, जनकपुरधामको रामजानकी र मुस्ताङमा रहेको मुक्तिनाथमा केन्द्रित गरेका थिए। यसपटकको भ्रमण भने प्रधानमन्त्री मोदीले विश्‍वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा केन्द्रित गरेका छन्। 

अघिल्लो पटकको भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नेपाल र भारतको प्राचीनकालदेखि सांस्कृतिक एवम् धार्मिक सम्बन्ध रहेको उल्लेख गर्दै भनेका थिए, 'गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्। बोधगया र रामेश्वर‌म्‌का तीर्थयात्रीका लागि समेत क्रमश: लुम्बिनी र पशुपतिनाथको निकै ठूलो महत्त्व रहेको छ।' 

यसपटक लुम्बिनी भ्रमणको एक दिनअघि वक्तव्य जारी गर्दै प्रधानमन्त्री मोदीले बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिपमा प्रार्थना गर्न पाउँदा आफूलाई सम्मानित महसुस गरेको बताएका छन्। उनले भनेका छन्, 'म बुद्ध जयन्तीमा मायादेवी मन्दिर दर्शन गर्न इच्छुक छु। दसौं लाख भारतीयहरूको पाइला पछ्याउँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रार्थना गर्न पाउँदा म आफूलाई सम्मानित महसुस गरिरहेको छु।' 

corrent noodles
Metro Mart

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई नेपालसँगको सुधारिएको सम्बन्धको संकेत, धार्मिक कूटनीति, नेपालमा बढ्दो चिनियाँ प्रभाव घटाउने रणनीति र पर्यटन प्रबर्द्धनजस्ता कुराहरुलाई केन्द्रमा राखेर विश्‍लेषण गर्नुपर्ने कूटनीतिज्ञहरुले बताएका छन्। 

सम्बन्ध सुधार 

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेको डेढ महिनामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रिटर्न भिजिट हुन लागेको हो। प्रधानमन्त्री देउवाको निमन्त्रणामा लुम्बिनी भ्रमण गर्न लागेका मोदीले आइतबार एक वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न इच्छुक रहेको समेत बताएका छन्। 

तत्कालीन केपी ओली नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध बिगारेको भन्दै चर्को आलोचना भएको थियो। परिणामस्वरुप ओली सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रधानमन्त्री मोदीले भेट गर्न समय पनि दिएका थिएनन्। २०७८ असार २९ मा देउवा प्रधानमन्त्री बनेपछि पनि बधाई दिन संकोच मानिरहेको भारतले पछिल्लो समय खुलेरै भेट गर्न इच्छुक रहेको बताइरहेको छ। 

भारतीय प्रधानमन्त्री मोदीले यसअघिका भ्रमणहरुलाई हिन्दूहरुको आस्थाका केन्द्रहरु पशुपतिनाथ, जनकपुरधामको रामजानकी र मुस्ताङमा रहेको मुक्तिनाथमा केन्द्रित गरेका थिए। यसपटकको भ्रमण भने प्रधानमन्त्री मोदीले विश्‍वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा केन्द्रित गरेका छन्। 

आइतबारको वक्तव्यमा प्रधानमन्त्री मोदीले भनेका छन्, 'दुई देशबीच शताब्दियौंदेखि झांगिँदै आएको सम्बन्धलाई मेरो यो भ्रमणले थप गहिरो बनाउने अपेक्षा लिएको छु। गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएको उपलब्धिमूलक छलफलपछि म फेरि उहाँलाई भेट्न इच्छुक छु।'

यसअघि प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नेपाल-भारतबीच विशेष सम्बन्ध रहेको र विश्‍वमा यस्तो सम्बन्ध अन्त कुनै पनि मुलुकबीच नभएको दाबी गरेका थिए। उनले भनेका थिए, 'अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ। दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको छ। यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा देखिएको छैन।'

भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राले पनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै भारतबाट हुन लागेको 'रिटर्न भिजिट' ले दुई मुलुकबीचको निकटतालाई झल्काएको बताएका छन्। ‘नेपाल र भारतबीच धेरै क्षेत्रमा बहुआयामिक सम्बन्ध छ,’ उनले भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा हुन लागेको रिटर्न भिजिटले दुई मुलुकबीचको सुधारिँदै गएको सम्बन्धलाई झल्काएको छ।'

धार्मिक कूटनीति 

नेपालका प्रधानमन्त्री देउवा नवरात्र प्रारम्भ भएको धार्मिक दिनमा नयाँ दिल्ली अवतरण गरेका थिए। नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता गरेर उनले वाराणासीमा रहेको काशी विश्‍वनाथ दर्शन गरेका थिए। हिन्दू धर्मको वकालत गर्दै आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आतिथ्यमा वाराणसीमा प्रधानमन्त्री देउवाले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका थिए। 

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ। नेपालबाट तीर्थयात्रामा त्यहाँ जानेहरुका लागि ३५ कोठाको नेपाली शैलीको वृद्धाश्रम निर्माण गर्न लागिएको हो। नेपाल-भारत दुबैले धार्मिक कूटनीतिलाई अघि सारेर सम्बन्ध सुधारको रणनीति अवलम्बन गरेको देखिन्छ। 

देउवाको दिल्ली भ्रमणको करिब डेढ महिनापछि भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीको पावन अवसरमा लुम्बिनी ओर्लिन लागेका हुन्। उनले लुम्बिनीमा भारतीय आर्थिक सहयोगमा बन्‍ने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। धार्मिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका प्रधानमन्त्री मोदीले  पशुपति, जनकपुर, मुक्तिनाथ र अहिले लुम्बिनीमा गर्न लागेको भ्रमणले पनि उनले धार्मिक कूटनीतिलाई बढाउँदै लगेको देखिन्छ। संस्कृति र सभ्यतालाई भारतको सफ्ट पावरका रूपमा विकास गर्न मोदी प्रशासनको जोडबल छ। 

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ। नेपालबाट तीर्थयात्रामा त्यहाँ जानेहरुका लागि ३५ कोठाको नेपाली शैलीको वृद्धाश्रम निर्माण गर्न लागिएको हो। नेपाल-भारत दुबैले धार्मिक कूटनीतिलाई अघि सारेर सम्बन्ध सुधारको रणनीति अवलम्बन गरेको देखिन्छ। 

धार्मिक तथा सांस्कृतिक कूटनीतिलाई जोड दिँदै आएका मोदीलाई हिन्दूवादीको 'ट्याग' लागिरहेको बेला मोदीले विश्‍वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी भ्रमण गर्न लागेका हुन्।  विश्‍वको ठूलो बौद्ध धर्मालम्बीहरु दक्षिण एसिया, पूर्वी एसिया र दक्षिणपूर्वी एसियामा छन्। यहाँको जनसंख्यालाई प्रभावमा पार्न र यस्ता देशप्रतिको आफ्नो नीतिमा बौद्ध धर्मलाई साझा सम्बन्धको आधार बनाउने प्रयासमा मोदी रहेका देखिन्छन्। बुद्धबिना २१औँ शताब्दी एसियाको शताब्दी हुन नसक्ने दाबी गर्दै आएका मोदीले यस क्षेत्रमा हुने उच्चस्तीय भ्रमणका क्रममा बुद्धको विषय महत्वपूर्ण रूपमा उठाउने गरेका छन्।

यद्यपि हिन्दूवादी संस्था आरएसएसबाट दीक्षित मोदीले बुद्ध धर्मलाई गरिरहेको ‘प्रमोसन’ले पनि उनले धार्मिक कूटनीतिका माध्यमबाट क्षेत्रीय प्रभावलाई फैलाउन खोजेको स्पष्ट हुन्छ। २०७१  साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण र त्यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा पनि चर्चामा आएको 'अन्तर्राष्ट्रिय बौद्ध सर्किट' लाई अघि बढाउने विषय पनि यस पटकको भ्रमणमा छलफल हुने बताइएको छ। शाक्यमुनि बुद्ध (गौतम बुद्ध) जन्मिएको नेपालको लुम्बिनीदेखि मृत्यु भएको भारतको कुशीनगरसम्म जोड्ने सर्किटको प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग गरिएको थियो। 

त्यसको सात महिनापछि २०७१ फागुन ८ मा नेपाल–भारत सचिवस्तरीय टोलीबीच नयाँदिल्लीमा बौद्ध सर्किट निर्माणबारे सहमति भएको थियो। ७०० किलोमिटर लामो सर्किटमा नेपालको लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगर जोडिने उल्लेख छ। 

बौद्ध सर्किटको विषयमा सहमति भए पनि कार्यान्वयन नभएको अवस्थामा यसपटकको भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच यस विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले अन्तर्राष्ट्रिय सम्बन्धका र कूटनीति विभिन्‍न आयाममा सांस्कृतिक सम्बन्ध पनि पर्ने बताएका छन्। उनले भनेका छन्, 'सांस्कृतिक सम्बन्धमा धार्मिक पक्ष पनि आउँछ। हरेक मुलुकमा विशेष स्थान हुन्छन्। ती स्थानमा भ्रमण गर्न विदेशबाट पर्यटक मात्र होइन, नेता पनि आउँछन्। त्यस्ता भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध ताजा राखिराख्‍न मद्दत गर्छ।'

चिनियाँ प्रभाव रोक्‍ने रणनीति 

संयोगवश भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी अवतरण गर्ने दिन नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा आउँदैछ। प्रधानमन्त्री देउवाले सोमबार नै चिनियाँ ठेकेदारले बनाएको उक्त विमानस्थल उद्घाटन गर्दैछन्। लुम्बिनीबाट केवल १८ किलोमिटर मात्रै दुरीमा रहेको नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मोदी भने ओर्लिने छैनन्। मोदी भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग नगरीकन हेलिकोप्टरबाट लुम्बिनी उत्रन लागेका हुन्। यस विषयमा भारतीय विदेश सचिव क्‍वात्राले भने मोदीको बचाउ गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको भ्रमण सुरक्षासँग पनि जोडिने भएकाले त्यस विषयमा म केही बताउन सक्दिनँ।’

मोदीको जहाज नेपालमा भर्खर निर्माण सम्पन्‍न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नउत्रिनुले चिनियाँ कम्पनीले बनाएको विमानस्थलको सुरक्षाप्रति भारतले गरेको अविश्‍वासको संकेत पनि हो। 

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको सीमा क्षेत्रबाट केही किलोमिटरको दूरीमा रहेको लुम्बिनीमा बढ्दो चिनियाँ प्रभावले भारतलाई सशंकित बनाएको छ। सन् २०११ मा चिनियाँ गैरसरकारी संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन (एपेक) ले तीन अर्ब अमेरिकी डलर लुम्बिनी विकासमा खर्च गर्नेगरी एपेक र संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) बीच सम्झौता भएको थियो। उक्त सम्झौताप्रति भारतले असन्तुष्टि प्रकट गरेको थियो। 

बौद्ध सर्किटको विषयमा सहमति भए पनि कार्यान्वयन नभएको अवस्थामा यसपटकको भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच यस विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले अन्तर्राष्ट्रिय सम्बन्धका र कूटनीति विभिन्‍न आयाममा सांस्कृतिक सम्बन्ध पनि पर्ने बताएका छन्।

पछि तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले एपेक र युनिडोबीचको सम्झौताबारे सरकार बेखबर रहेको र सरकारलाई सम्झौता मान्य नभएको बेहोराको पत्र युनिडो मुख्यालयलाई लेखिदिएपछि लुम्बिनीलाई ‘बौद्धमार्गीको मक्कामदिना’ बनाउने चिनियाँ संस्थाको योजना तुहिएको थियो।  

सन् २०१६ मा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका पूर्व सदस्यसमेत रहेका सुरक्षा तथा गुप्तचर मामिला विज्ञ जयदेव रानाडेको सन्डे गार्जियनमा प्रकाशित लेखमा लुम्बिनीमा चीनको संलग्‍नता भारतका लागि सिधै सुरक्षा चुनौती हुने उल्लेख गरेका थिए। भारतीय जासुसी संस्था रअका पूर्व अधिकारीसमेत रहेका उनले 'चीनलाई लुम्बिनीमा आउन नदिनु भारतको राष्ट्रिय सुरक्षा चासो' भएको समेत उल्लेख गरेका थिए। 

चीनले पनि आफूलाई लुम्बिनीसँग जोडिएको एउटा सरोकारवाला पक्षको रुपमा प्रस्तुत गर्दै आएको छ। २०७६ कात्तिकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौं र पोखरालाई लुम्बिनीसँग जोड्ने रेलवे निर्माण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो। केरुङदेखि काठमाडौँ, पोखरा हुँदै लुम्बिनीसम्म रेल जोड्ने विषय नेपाल र चीनबीच कूटनीतिक वार्ताका एजेन्डा बनेका छन्। यसबाट पनि चीनको लुम्बिनीप्रतिको रणनीतिक र धार्मिक चासो बढाएको छ। 

बौद्ध धर्मलाई बढी महत्व दिँदै आएको सीपीसीले भारतसँग जोडिएको लुम्बिनीमा आफ्नो रणनीतिक उपस्थिति बलियो पार्नका लागि चीनले लुम्बिनीको विकासका लागि चासो व्यक्त गर्दै आएको हो। त्यसलाई रोक्नका लागि भारतले लागि परेको भूराजनीतिक मामिलाका जानकार डा. चन्द्रदेव भट्टले बताएका छन्। उनले भने, 'लुम्बिनीलाई चीन वा अन्य शक्ति राष्ट्रले ‘हाइज्याक’ नगरुन् भन्‍ने उद्देश्यले भारतले लुम्बिनी र बुद्धिस्ट सर्किटलाई अघि सारेको छ। चीनलाई रोक्‍नका लागि भारतले आफूले लुम्बिनी विकासमा जोड दिन थालेको हो। जसका लागि भारतले डेढ अर्ब रुपैयाँ खर्चेर लुम्बिनीमा भारतले बौद्ध सांस्कृतिक केन्द्र निर्माण गर्न लागेको हो। 

पर्यटन प्रवर्द्धन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले पर्यटन प्रवर्द्धनलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। मुलुकको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा आउन लागेको पृष्ठभूमिमा हुन लागेको मोदीको लुम्बिनी भ्रमणले दुवै मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्‍ने अपेक्षा छ। मोदीको लुम्बिनी भ्रमणले बुद्ध नेपालमा जन्मिएका हुन् भन्‍ने विवादलाई अन्त्य गरिदिएकोले यसले अब धार्मिक पर्यटनलाई टेवा पुर्‍याउने भूराजनीतिक विश्‍लेषक गेजा शर्मा वाग्‍लेको बुझाइ छ।  

गौतमबुद्ध जन्मिएको र बाल्यकालदेखि बुद्धत्व प्राप्त गरेर फर्किएपछि बिताएका विविध क्षणको ऐतिहासिक भूमिसमेत लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु गरेको सारनाथ र भगवान् गौतम बुद्धले मुक्ति प्राप्त गरेको अर्थात् महापरिनिर्वाण प्राप्त गरेको स्थान कुशीनगरलाई जोडेर बौद्ध सर्किट बनाउने दुई मुलुकको सहमतिलाई कार्यान्वयन गरे धार्मिक पर्यटन थप विस्तार हुनेछ। 

२०७१ मा भएको १८औं सार्क शिखर सम्मेलन र २०७३ मा भारतको गोवामा भएको 'बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन' (बिम्सटेक) शिखर सम्मेलनमा 'ट्रान्स एसियन बुद्धिस्ट सर्किट' को चर्चा भएको थियो। जसमा नेपाल, भारत, जापान, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया र इन्डोनेसियाका बुद्धसँग सम्बन्धित स्थानलाई जोड्ने योजनाबारे छलफल गरिएको थियो। 

कूटनीतिज्ञ डा. दिनेश भट्टराईले पनि लुम्बिनीलाई आन्तरिक, दुई मुलुक र अन्तर्राष्ट्रिय बौद्ध सर्किटमार्फत जोड्न सक्दा धार्मिक पर्यटन विकासमा सहयोग पुग्‍ने बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन हुँदा अब लुम्बिनी जाने पर्यटक सीधै भैरहवा ओर्लिने भएका कारण उनीहरुले त्यहाँ बढी समय बिताउन पाउने भएका छन्। 

यसलाई क्यास गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीले बुद्ध सर्किट बनाएर लुम्बिनी आउने पर्यटकहरुलाई भारतको बोधगया र कुशीनगरसम्म पुर्‍याउने रणनीति अनुरुप बुद्ध सर्किट निर्माणमा जोड गरेको कूटनीतिज्ञहरुले बताएका छन्। भारतको कुशीनगरमा पनि भारतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेका कारण त्यहाँ आउने पर्यटक पनि बुद्ध सर्किट निर्माणपछि लुम्बिनी आउने र यसले दुवै मुलुकको धार्मिक पर्यटन बढ्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: May 16, 2022| 10:10 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...